यस्तो छ पुरुषको तालु छिटो खुइलिनुको कारण - Chaitanya News
  • 2026-05-06
  • 21:49:46
  • बुधबार,बैशाख २३, २०८३
  • यस्तो छ पुरुषको तालु छिटो खुइलिनुको कारण

    यस्तो छ पुरुषको तालु छिटो खुइलिनुको कारण

    काठमडौं–  धूमपान वा चुरोट सेवन गर्ने पुरुषहरुलाई त्यसमा हुने निकोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ। जसले शरीरमा अक्सिजनको मात्रा समेत घटाउछ। यसले कपाल झर्न मद्धत पुरयाउछ।

    अत्यधिक रक्सी सेवन: बढी रक्सी सेवन गर्ने मानिसको शरीरमा टक्सीन बढ्छ। आइरन, जिंक पानीको मात्रा भने कमी हुन्छ। यस्तो अवस्थामा कपाल झर्न थाल्छ।

    बंशाणुगत कारण: पुरुषहरुको कपाल झर्नुको अर्को कारण बंशाणुगत कारण पनि भएको मानिन्छ। यदि तपाईँको परिबारमा कम उमेरमा पुरुषहरुको कपाल झर्ने समस्या छ भने यस्तो समस्या तपाईँमा पनि हुनसक्छ।

    हर्मोन समस्या: पुरुषहरुको कपाल झर्नेको अर्को साझा कारण एन्ट्रोजेनिक एलोपिका हो। शरीरमा डीएचटी हर्मोनको व्यालेन्स बिग्रदा यस्तो समस्या हुन्छ।

    सरायनयुक्त पदार्थको प्रयोग: हरेक किसिमका हेयर जेल, कलर्स , शैम्फू, कन्डिशनर जस्ता पदार्थको प्रयोग गर्दा हुने साइड इफेक्टको कारण पनि कपाल झर्न थाल्छ। ती पदार्थमा कतिपयलाई सहन गर्न नसक्ने हानीकारक पदार्थ समेत मिलेको हुनसक्छ।

    तनाव : तनाव बढ्दा पनि पुरुषहरुको कपाल झर्नसक्छ। तनाव बढदा शरीरको हर्मोन्सको व्यालेन्स विग्रन्छ। यसले कपाल भर्नेको समस्या ल्याउन सक्छ।

    अस्वस्थ खानपान: पुरुषहरुको छिटो कपाल खुइलिनुको अर्को कारण अस्वस्थकर खानपान हो। खानामा सही मात्रामा पोषण नपुग्दा शरीरमा आइरन, भिटामिन ए, प्रोटिन, जिंक, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन्छ।यसले कपाल झार्न मद्धत गर्छ।

    छालामा संक्रमण: टाउकोमा फंगल इन्फेक्सन भयो अथवा चायाँ पर्ने समस्या देखियो भने पनि त्यसले तिब्रगतिमा कपाल झार्न सक्छ।

    औषधिको असर: क्यान्सर , मुटु, उच्चरक्तचाप, डिप्रेशन, मधुमेह जस्ता रोगको औषधि सेवन गर्ने कतिपयलाई औषधिको असर देखिन्छ र कपाल झर्न थाल्छ।