अन्डा खाने बित्तिकै पानी र दूध पिउदा के हुन्छ? - Chaitanya News
  • 2026-05-06
  • 21:48:53
  • बुधबार,बैशाख २३, २०८३
  • अन्डा खाने बित्तिकै पानी र दूध पिउदा के हुन्छ?

    अन्डा खाने बित्तिकै पानी र दूध पिउदा के हुन्छ?

    काठमाडौँ– अन्डा खाने बित्तिकै पानी पिउन नहुने कारण के रहेछ तपाईँले कहिले सोच्नु भएको छ?

    खास कुरा के हो भने पानीको उपस्थितिमा प्रोटिन पच्ने गति सुस्त हुन्छ। उसिनेको अन्डा खाने बित्तिकै पानी पिउँदा अन्डामा भएको प्रोटिन साना अणुमा टुक्रिन पाउँदैन अनि प्रोटिन पच्न निकै समय लाग्छ। यति मात्रै होइन अन्डाबाट शरीरले जति प्रोटिन पाउनु पर्थ्यो त्यति पाउँदैन।

    उसिनेको अन्डा खाएपछि दूध पनि पिउनु हुन्न। दूधमा ल्याक्टोज हुन्छ। अन्डामा पनि प्रचुर मात्रामा प्रोटिन हुन्छ। धेरै जसो मानिसहरु खाजामा अमलेटको साथमा एक ग्लास दूध पनि खान्छन्। दुबैलाई एकै साथ खाँदा शरीरलाई ल्याक्टोज पचाउन गाह्रो हुन्छ।

    ल्याक्टोज पचेन भने पेट दुख्ने, पेट फुल्ने, ग्यास भरिने, डाइरिया जस्ता समस्या हुनसक्छ। बच्चालाई अन्डाको साथमा दूध त झन् दिनै हुँदैन। बच्चाले यसलाई पचाउन सक्दैनन्। बान्ता हुने, पातलो दिशा लाग्ने समस्या देखिन सक्छ।

    अन्डा खाने बित्तिकै चिया खाँदा हुन सक्छ कब्जियत:

    धेरैजसो मानिसमा खाना खाने बित्तिकै चिया खाने बानी पाइन्छ। यसरी चिया खाँदा फ्रेस भइने र खाना पच्छ भन्ने भ्रम छ। तर यस्तो होइन भन्छन् डाइटीशियनहरु। अझ अन्डा खाने बित्तिकै चिया खाँदा शरीरलाई झनै क्षति हुन्छ। चियामा टेनिक एसिड धेरै हुन्छ। दूधमा पाइने प्रोटिनसँग मिलेर यसले कब्जीयत त गराउँछ नै शरीरमा अन्य हानिकारक चिज पनि थुप्रिन थाल्छ।

    कतिबेला उपर्युक्त हुन्छ अन्डा खाने?

    अन्डामा प्रोटिन, भिटामिन र मिनरल भरपुर हुन्छ। त्यसैले यो जति बेला खाँदा पनि हुन्छ। तर नेशनल इन्ष्टिच्यूट अफ हेल्थ रिपोर्टका अनुसार ब्रेकफाष्टमा अन्डा खानु स्वास्थ्यको हिसाबले सबैभन्दा राम्रो हो। ग्यास्ट्रिकको समस्या भएका बिरामीले राति अन्डा खान नहुने एकथरी विज्ञहरु बताउँछन्। अन्डाको पहेँलो हिस्सामा हुने फ्याटका कारण इरिटेशन हुने अनि निद्रामा समस्या आउन सक्ने बताइएको छ। तर केही अध्ययनले भने अन्डा खाएपछि राति राम्रो निद्रा आउने पनि देखाएका छन्।

    दिनभरिमा २–३ ओटा मात्रै खानुस् अन्डा:

    चिनियाँ फूड ब्लगहरुमा एउै मान्छेले एकै चोटिमा ८–१० ओटा अन्डा खाएको हामीले देखेका छौँ। तर यसरी एकै पटक धेरै अन्डा खानु ठिक होइन। सामान्यतः हरेक व्यक्तिले दिनमा १ वा २ अन्डा खानु ठिक हुन्छ। तपाई शारीरिक रुपमा बढी नै सक्रिय हुनुहुन्छ जस्तै कि खेलाडी भने चाँहि दिनमा ३ देखि ४ ओटासम्म अन्डा खान सक्नु हुन्छ। शारीरिक गतिविधि कम भएका व्यक्तिले धेरै अन्डा खाँदा कोलस्ट्रोलको स्तर बढ्न सक्छ। जसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्छ।

    अन्डा खाँदाको फाइदा:

    अन्डा खाँदा सेतो र पहेँलो दबे हिस्सा खानुपर्छ। सेतो भागमा प्रोटिन र भिटामिन बीटू हुन्छ। पहेँलो भागमा भने भिटामिन ए, ई र केको साथमा ओमेगा थ्री हुन्छ। यसमा सेलेनियम पनि उच्च मात्रामा हुन्छ। सेलेनियमबाट कपाल र नङ्गलाई पोषण मिल्दछ। अन्डामा पोटाशियम, जिंक, म्याग्नेशियम र फोस्फरस पनि हुन्छ।