1. कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै रहेको प्रदेश कुन हो ?
A.कोशी प्रदेश B. बागमति प्रदेश C.मधेश प्रदेश D. गण्डकी प्रदेश
2. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I Uसमुह II
a. Village Tourism 1. म्याग्दी
b. गुरिल्ला मार्ग सुरुवात 2. लमजुङ
c. घलेगाउँ 3. स्याङ्जा
d. भादागाउँ 4. कैलाली
A) a3,b1,c4,d2 B) a3,b1,c2,d4 C) a1,b2,c3,d4 D) a1,b2,c4,d3
3. मध्यपहाडी (पुष्पलाल) लोकमार्गको मध्यभागमा पर्ने जिल्ला कुन हो ?
A. सिन्धुली B. नुवाकोट C. सिन्धुपाल्चोक D. कास्की
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. पहिले स्थापना भएको 1. धनकुटा
b. कम क्षेत्रफल फैलिएको 2. बालाजु
c. पछि स्थापना भएको 3. हेटौडा
d. बढि क्षेत्रफलमा फैलिएको 4. गजेन्द्र नारायण सिंह
A) a2,b1,c4,d3 B) a4,b1,c3,d2 C) a1,b2,c3,d4 D) a4,b3,c2,d1
5.तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालमै प्रकाशित नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका सुधासागर हो ।
२. नेपालको पहिलो साप्ताहिक पत्रिका गोरखापत्र हो ।
३. सुधारसागरका प्रथम सम्पादक योगेश उपाध्याय हुन ।
A. १ मात्र सहि B. २,३ मात्र सहि C. १,३ सहि २ गलत D. १,२ सहि ३ गलत
6. पेरिस सम्मेलनले जारी गरेको घोषणा कुन होईन ?
A) Ownership B) Transparency C) Harmonization D) Alignment
7. संयुक्त राष्ट्र संघीय शरणार्थी UNHCR ले सन् २०२२ को नानसेन पुरस्कार कसलाई प्रदान गरेको हो ।
A. एन्जेला मर्केल B. डा. सन्दुक रुईत
C. जील अल्बेना एसोसियसन D. महाविर पुन
8.Green Belt Movement को सँग सम्बन्धित छ ?
A. सुन्दरलाल बहुगुणा B. वाङगारी माथाई C. ग्रो हार्लेम बुटल्याण्ड D. मुकेश चालिसे
9. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ओजन तह शब्द प्रयोग गर्ने पहिलो व्यक्ति जेसी फारम्यान हुन ।
२. हरित ग्रह प्रभावको अवधारणा ल्याउने जिन फेरियर हुन ।
३. वातावरण क्षेत्रको नोवेल पुरस्कार भनेर Blue planet award लाई चिनिन्छ ।
A. १ र २ ठिक B. १ र ३ ठिक C. सबै ठिक D. सबै बेठिक
10. विद्युतका पिता भनेर कसलाई चिनिन्छ ?
A. न्युटन B. मेक मिलन C. माईकल फराडे D. आईन्सटाईन
11. दुधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ ?
A. ब्यारोमिटर B. ल्याक्टोमिटर C. थर्मामिटर D. अल्टिमिटर
12. फिफा महिला विश्वकप फुटबल प्रतियोगिता, २०२३ कति औ संस्करण हो ?
A. ७ औ B. ८ औ C. ९औ D. १० औ
13. राष्ट्रिय जनगरणना २०७८ को नतिजा अनुसार महिला साक्षरता कति प्रतिशत रहेको छ ?
A. ६९.२ प्रतिशत B. ६९.५ प्रतिशत C. ६९.६ प्रतिशत D. ६९.४ प्रतिशत
14. निम्न लिखित जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
उपकरण आविष्कारक
१. प्रिन्टिङ प्रेस – जोहानेस गुटिनवर्ग
२. क्यालकुलेटर – रवर्ट वाट्सनवाट
३. टेलिभिजन – अलेक्जेन्डर ग्राहमबेल सिद्धान्त
माथि उल्लेखित जोडा कुन ठिक हो ।
A. १ र २ B. २ र ३ मात्र C. १ मात्र D. माथिका सबै
15. निम्नमध्ये सबैभन्दा पछि स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो ?
A. पर्सा राष्ट्रिय निकुञ्ज B. शुक्लाफाटा राष्ट्रिय निकुञ्ज
C. बाँके राष्ट्रिय निकुञ्ज D. शिवपुरी नागार्जन राष्ट्रिय निकुञ्ज
16. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालमा एसएलसी परीक्षाको शुरुवात राणा प्रधानमन्त्री चन्द्रशमशरको पालामा भएको हो ।
२. कमाण्डरी किताबखानाको स्थापना जंगबहादुर राणाले गरेका थिए ।
३. श्री ५ त्रिभुवनको पालामा ६ जना प्रधानमन्त्री भएका थिए ।
A. १,३ सहि २ गलत B. १ सहि २,३ गलत C. २,३ सहि १ गलत D. सबै सहि
14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a.अमेजन वेशीको जंगल 1. भेल्ड
b. अफ्रिका घाँसे मैदान 2. सेल्वास
c. उत्तर अमेरिकाको शितोष्ण कोणधारी वन 3. पेम्पाज
d.अर्जेन्टिनाको घाँसे मैदान 4. बोरेल
A) a2,b1,c3,d4 B) a3,b4,c1,d2 C) a2,b1,c4,d3 D) a3,b1,c2,d3
18. रक्तिम आईतबार विश्वको कुन ऐतिहासिक घटनासँग सम्बन्धित छ ?
A. रसी क्रान्ति B. फ्रान्सेली राज्य क्रान्ति
C. अमेरिकी स्वतन्त्रता संग्राम D. भारतीय स्वतन्त्रता संग्राम
19. निम्नलिखित भाषाहरुको विचार गर्नुहोस् ।
१. नेपाली २. मगर ३. हिन्दी ४. नेवारी
माथि उल्लेखित भाषाहरुमा भारोपेली भाषा परिवार भित्र नपर्ने भाषा कुन हो ।
A. ३ मात्र B. १,२ र ४ मात्र C. १ र ३ मात्र D. २,४ मात्र
20. बेदानन्द झा तलका मध्ये प्रशासन सुधारका लागि बनेको कुन आयोगका अध्यक्ष हुन ?
A. प्रशासन पुर्नसंरचना आयोग, २०१३ B. प्रशासन सुधार आयोग, २०२५
C. प्रशासन सुधार आयोग, २०३२ D. बुच कमिसन
21.नेपालको वर्तमान संविधानको कति धारामा प्रदेश लोक सेवा आयोगको व्यवस्था रहेको छ ?
A. धारा २४४ B. धारा २४३ C. धारा २४२ D. धारा २४१
22. विभिन्न जातिका नृत्यको उल्लेखित जोडाहरु बारे विचार गर्नुहोस् ।
१. सेलो – तामाङ २. घाटु – गुरुङ ३. मारुनी – मगर ४. स्याबु्रङ -सतार
माथि दिइएका जोडाहरु मध्ये नमिल्ने जोडा कुन हो ?
A. १,२ मात्र B. २,३ मात्र C. १,३ मात्र D.४ मात्र
23.शनि ग्रहमा पठाएको पहिलो यान दिइएका मध्ये कुन हो ?
A. पायनियर -१ B. पायनियर -२ C.मेसेन्जर D.मेरिनर – २
24.मेडिटेरेनियन सिसँग सिमाना जोडिने महादेश कुन कुन हुन ?
A. युरोप,अष्ट्रलिया, अफ्रिका B. युरोप,अष्ट्रलिया, एशिया
C. युरोप, एशिया, अफ्रिका D. अष्ट्रलिया, एशिया, दक्षिण
25. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. उत्तर आन्ध्र महासागर र पुर्वी प्रशान्त महासागरीय क्षेत्रमा हुरिकेन नामले चिनिन्छ ।
२. उत्तर पश्चिम प्रशान्त महासागरीय क्षेत्रमा Typhoon नामले चिनिन्छ ।
३. हिन्द महासागर साईक्लोन नामले चिनिन्छ ।
४. दक्षिणी प्रशान्त महासागरमा विलिविलि नामले चिनिन्छ ।
A. १ मात्र सहि B. १ र २ मात्र सहि
C. १,२ र ३ मात्र सहि D.सबै सहि
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100