आँखा सम्बन्धी रोचक तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ - Chaitanya News
  • 2026-05-06
  • 21:00:26
  • बुधबार,बैशाख २३, २०८३
  • आँखा सम्बन्धी रोचक तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ

    आँखा सम्बन्धी रोचक तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ

    आँखा सम्बन्धी रोचक तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छआँखा जसले संसार देखाउँछ। आँखा हरेक प्राणीको निकै नै महत्वपुर्ण अंग हो।

    यहाँ हामीले मानिसको आँखाको बारेमा केही तथ्य हरु प्रस्तुत गरेका छौं। जुन तथ्यबारे तपाईंलाई जनाकारी नहुन पनि सक्छ।

    – मानिसको आँखा २० लाख हाराहारी भाग मिलेर बनेको हुन्छ।
    – आँखाको कोर्नियामा रगत प्रवाह हुँदैन। कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो।
    – एउटा स्वस्थ मानिसले प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ भने १ दिनमा करिब १६ हजार पटक र १ बर्षमा ६० लाख पटक आँखा झिम्काउँछ।
    – बयस्क मानिसको एउटा आँखाको तौल करिव २८ ग्राम हुन्छ।
    – कुनैपनि मानिसको जन्मदेखि मृत्युसम्ममा नै आँखाको आकार परिवर्तन हुँदैन।
    – हाछिउ गर्ने बेलामा सँधै आँखा बन्द हुन्छ।
    – भर्खर जन्मेको बच्चा रुन्छ तर उसको आँखामा आँसु भने आउँदैन।
    – कुनैपनि मानिसको आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ।
    – पृथ्वीको भुभाग समतल भएको स्थानमा एउटा स्वस्थ आँखाले ५० किलोमिटर पर सम्म बलिरहेको बत्ति देख्न सक्छ।
    – कुनैपनि मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउने क्षमता राख्छ।
    – हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०।३ सेकेन्डको लागि बन्द हुन्छ। यसको मतलब हाम्रो आँखा झिम झिम गर्दा प्रतिदिन करिव ३० मिनेट बन्द हुने गर्छ।