तातो पानी पिउँदा घट्छ कोलेस्ट्रोल, यस्ता छन फाइदा र बेफाइदा - Chaitanya News
  • 2026-05-06
  • 20:51:13
  • बुधबार,बैशाख २३, २०८३
  • तातो पानी पिउँदा घट्छ कोलेस्ट्रोल, यस्ता छन फाइदा र बेफाइदा

    तातो पानी पिउँदा घट्छ कोलेस्ट्रोल, यस्ता छन फाइदा र बेफाइदा

    एजेन्सी– तातो वा मनतातो पानी पिउनु शरीरका लागि फाइदाजनक छ। तर यसको धेरै सेवनले शरीरलाई नोक्सान पुर्‍याउन पनि सक्छ। तातो पानी पिउँदा पाचन प्रक्रिया देखि लिएर अन्य गम्भीर समस्याहरु समाधान हुन्छ।

    मनतातो पानीले पाचनतन्त्रलाई बलियो बनाउने काम गर्छ। त्यस्ता व्यक्ति जो कब्जीयत तथा अपचको समस्या झेलिरहेका छन् उनीहरुका लागि तातो पानी रामवाण हो।

    हाई कोलेस्ट्रोलको समस्यामा पनि तातो पानी पिउनु फाइदाजनक मानिन्छ। स्वस्थ व्यक्तिको शरीरमा कोलेस्ट्रोलको मात्रा २०० मिलीग्राम प्रति डीएल भन्दा धेरै हुनु हुँदैन।

    यो भन्दा धेरै कोलेस्ट्रोलको मात्रालाई हाई कोलेस्ट्रोल भनिन्छ । यसबाट छुट्कारा पाउनका लागि नियमित रुपमा मनतातो पानी पिउनु फाइदाजनक मानिन्छ।

    आरोग्य हेल्थ सेन्टरका आयुर्वेदाचार्य डा। एस के पान्डेयका अनुसार तातो पानी पिउँदा तपाईंको शरीर डिटक्सीफाइ हुन्छ र शरीरमा मौजुद विषाक्त पदार्थ बाहिर निस्कन्छ।

    धेरै अस्वस्थ खानपिन र तैलीय चीजहरु खाँदा तपाईंको शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ। जसकारण शरीरमा रक्तसञ्चार तथा रक्तचाप प्रभावित हुन्छ।

    तातो पानी पिउनाले रक्तनलीहरुमा पाइने लिपिड्सलाई कम गर्छ जसले गर्दा कोलेस्ट्रोल कम गर्न फाइदा पुग्छ।

    तातो पानी पिउनुका अन्य फाइदा

    –शरीरमा रक्तसञ्चार सही हुन्छ।
    –शरीरमा मेटाबोलिज्म बुस्ट गर्छ।
    –तौल कम गर्न फाइदाजनक हुन्छ।
    –कब्जीयत तथा पाचनसँग जोडिएका समस्यामा फाइदा गर्छ।
    –तातो वा मनतातो पानीको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ। दिनहुँ बिहानको समयमा तातो पानी पिउँदा धेरै फाइदा हुन्छ। तर ध्यान दिनुहोला एकदमै धेरै ––– –तातो पानीको सेवनले शरीरलाई हानी गर्छ।

    हाई कोलेस्ट्रोललाई तातो पानीले नै ठिक गर्छ भन्ने हुँदैन यस्तो समस्या आएमा पहिला डाक्टरसँग सल्लाह लिनु नै उचित हुन्छ।