1. A र B को वर्तमान उमेरको योग 22 बर्ष छ । यदि A, B भन्दा 4 बर्ष जेठो भए A को बर्तमान उमेर कति होला ?
A. 12 B. 13 C.14 D. 15
2. गिता र रिताको वर्तमान आयुको अन्तर 7 बर्ष छ । यदि गिताको उमेर रिताको उमेरको 2/3 छ भने रिताको उमेर कति होला ?
A. 21 B. 14 C.41 D. 12
3. जेष्ठ, असार, श्रावण र भाद्र महिनामा काठमाण्डौंमा क्रमशः70cm, 65cm, 55cm , 90 cm पानी प¥यो भने उक्त चार महिनामा औसतमा कति बर्षा भयो?
A) 65cm B) 70cm C) 75cm D) 80cm
4. फुटबल टिमका 10 जना खेलाडिको औसत उमेर 30 बर्ष छ । त्यसमा गोल किपरको उमेर सहभागि गराउँदा औसत उमेर 1 बर्षले बढ्दछ भने गोलकिपरको उमेर पत्तालगाउनुहोस् ?
A) 40 B)41 C)42 D)43
5.. यदि KINDLE को ELDNIK कोड भए, EXOTIC को कोड के हुन्छ ?
A. EXOTLC B. CXOTIE C. COXITE D. CITOXE
6. यदि VICTORY लाई YLFWRUB ले कोड गरिन्छ भने SUCCESS लाई के ले कोड गरिन्छ?
A. VXEEIVV B. VXFFHVV C. VYEEHVE D. VYEEIVA
7. अंग्रेजी महिनाको December कति दिनको हुन्छ?
A. 28 B.29 C.30 D.31
8. अंग्रेजी महिनको April कति दिनको हुन्छ?
A.28 B.29 C.30 D.31
9. मानिसहरु को एउटा लाईनमा A बाँया बाट L औ स्थानमा र दाँयाबाट R औँ स्थानमा छ भने उक्त लाईनमा जम्मा कति मानिसहरु होलान?
A. L+R+1 B. L+R C. L+R -1 D. L-R +1
10. एउटा विद्यार्थीको लाईनमा अनिता बाँयाबाट 27 औँ स्थानमा र दायाँबाट 34 औँ स्थानमा पर्दछिन भने उक्त लाईनमा जम्मा विद्यार्थि कति होलान ?
A. 58 B. 59 C. 60 D. 61
11. अन्तर्राष्ट्रिय खगोल विज्ञान संघको कति औ महासभाले यम ग्रहलाई ग्रहको सूचीबाट हटाइएको हो ?
A. २१ औ B. २२ औ C.२५ औ D. २६ औ
12.”Cartography”तल दिइएका मध्ये कुन सँग सम्बन्धीत रहेको छ ?
A) Sismology B) Topology C) जलवायु अध्ययन D) Orology
13. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवन सिंह विश्वकर्मा हुन ।
२. युरोप महादेशको सबैभन्दा सानो देश रुस हो ।
३. विश्वको सबैभन्दा लामो पर्वतमाला एण्डिज पर्वतमाला हो ।
A. १,३ सहि २ गलत B.सबै सहि C. १,२ सहि गलत D. सबै गलत
14. नेपालको काश्मिर भनेर कुन ठाउँलाई चिनिन्छ ?
A. दोलखा B. मनास्लु C. कोशीटप्पु D. जुम्ला
15. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. उत्तरमा हिमाल देखि दक्षिणमा चुरेसम्म फैलिएको जिल्ला धादिङ हो ।
२. उत्तरमा हिमाल देखि दक्षिणमा महाभारत सम्म फैलिएको जिल्ला सिन्धुपाल्चोक हो ।
३. चुरे पर्वतको सबैभन्दा अग्लो भाग गार्वा दोलखा जिल्लामा पर्दछ ।
A. सबै सहि B. १,२ मात्र सहि C. सबै गलत D. २,३ मात्र सहि
16. नेपालको वर्तमान संविधानमा सरकारी सेवाको गठन सम्बन्धि व्यवस्था धारा कतिमा गरिएको छ ?
A.धारा २४८ B. धारा २८५ C. धारा २८६ D. धारा २८७
17. सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
A. ताईवान B.अमेरिका C. आयरल्याण्ड D.डेनमार्क
18. पशुपतिमा भट्ट पूजारी राख्ने चलन कसले कसले चलाएका हुन ?
A.यक्ष मल्ल B.महेन्द्र मल्ल C. प्रताप मल्ल D. रत्न मल्ल
19. छितारी जाति कून जिल्लामा पर्दछन् ?
A. सल्यान B. उद्यपुर C.मुस्ताङ D. मोरङ
20. कञ्चनजंघा हिमाललाई पूजा गर्ने जाति कून हो ?
A. मेचे B. लेप्चा C. ह्याल्मो D. शेर्पा
उत्तरहरुः
1. B 11. D
2. A 12. C
3. B 13. A
4. B 14. D
5. D 15. C
6. B 16. B
7. D 17. D
8. C 18. A
9. C 19. B
10. C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100