जाडो मौसमा गुँड र रोटी हुन्छ एकदमै फाइदाजनक - Chaitanya News
  • 2026-05-06
  • 21:00:31
  • बुधबार,बैशाख २३, २०८३
  • जाडो मौसमा गुँड र रोटी हुन्छ एकदमै फाइदाजनक

    जाडो मौसमा गुँड र रोटी हुन्छ एकदमै फाइदाजनक

    एजेन्सी– जाडोमा चिसोको कारणले विभिन्न प्रकारका विमारीहरु हुने गर्छन्। यस्तो शरीरमा रोग प्रतिरोधात्मक प्रक्रिया बलियो हुन एकदमै जरुरी हुन्छ। यस मौसममा सबैभन्दा ठूलो चुनौती आफूलाई फिट राख्नु हुन्छ।

    त्यसले आज हामी शरीरलाई तातो बनाइराख्ने र स्वादिष्ट नास्ताका बारेमा बताउनेछौं।

    जाडोमा गुँड खानु शरीरका लागि एकदमै फाइदाजनक हुन्छ। यसभित्र फोलिक एसिड, आइरन, क्याल्सियम, सेलेनियम र पोटाशियम जस्ता पोषक तत्वहरु पाइन्छन्। यी सबै तत्व शरीरका लागि एकदमै गुणकारी सावित हुन्छन्।

    जाडोमा खासगरी शरीरको इम्युन सिस्टम बलियो हुन जरुरी हुन्छ। यो ठिक भयो भने तपाईंलाई रुघाखोकी चिसो हुनबाट जोगिन्छ। साथमा मौसमी विमारीहरुले पनि भेटाउँदैन।

    यसका लागि तपाईं गुड र रोटी साथमा खान सक्नुहुन्छ। यसले तपाईंको भोक शान्त पार्नुका साथै इम्युन सिस्टम पनि बलियो हुन्छ।
    गुँडले भित्रैदेखि शरीरलाई तातो बनाउँछ र यसलाई रोटीसँग खाँदा नास्ता पनि भइहाल्छ साथमा यसले भोक पनि शान्त हुन्छ। रोटी र गुँडको मिश्रण स्वादका लागि पनि शरीरका लागि पनि फाइदाजनक हुन्छ।

    रोटीसँग गुँड खाँदा पाचन प्रणाली पनि स्वस्थ रहन्छ। यी दुवै चीजलाई एकसाथ खाँदा तपाईंको पाचन प्रक्रियामा सुधार आउँछ। जसले गर्दा कब्जियत, पेट दुख्ने, ग्यास जस्ता समस्याबाट छुट्कारा पाइन्छ।

    तपाईं तौल बढ्ने समस्याले ग्रस्त हुनुहुन्छ भने पनि जाडोमा रोटी र गुँडको सेवन गर्न सक्नुहुन्छ। यसले शरीरमा मेटाबोलिज्म बुस्ट हुन्छ जसले गर्दा तौल कम गर्न सजिलो हुन्छ।