काठमाडौं– बिहान उठ्ने बित्तिकै जे खानेकुरा देख्छौं त्यो खानु भनेको सबैभन्दा ठूलो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसले मानिसको पाचन प्रणालीमा नराम्रो असर पार्ने सम्भावना धेरै हुन्छ।
खानेकुराको व्यवस्थापन मिलाउन सकिएन भने हामी स्वस्थ रहन सक्दैनौँ। हाम्रो शरीरमा विभिन्न स्वास्थ्य समस्या आउँछ र हाम्रो दैनिक जिवनमा कठिनाई हून्छ।
खाली पेटमा खान नहुने खाने कुराहरु:
– कफि
बिहान उठ्ने बित्तिकै खाली पेटमा कफि पिउँदा स्वास्थ्यमा नराम्रो असर पर्छ। पेट पोल्ने र ग्यास भरिनेजस्ता समस्याले दिनभरी सताउन सक्छ। बिहान खाली पेटमा कफि पिउने धेरै व्यक्तिको नियमित बानी हुन्छ।
कफिले हाइड्रोएसिड मात्रा बढाएर ग्यास्ट्रिक बढाउने काम गर्छ। बिहान उठ्ने बित्तिकै खाली पेटमा कफि पिउने बानी सकेसम्म छिटो हटाउँदा स्वस्थ रहन सकिन्छ। हामीले कफिको सट्टा मन तातो पानी पिउन सक्छौँ।
–२ परौठा
खाली पेटमा परौठा वा तेलमा तारेको खानेकुरा खानु हुदैँन एसिडिटी र चिल्लो पदार्थको मात्रा शरीरमा धेरै हुनाले मोटोपना पछि अल्छिपना जस्ता समस्याले सताउन सक्छ।
–३ केरा
खाली पेटमा फलफूल खाँदा स्वस्थ र राम्रो देख्न सकिन्छ भन्ने बुझाई छ तर बिहान खाली पेटमा केरा खानाले मुटुमा असर पर्छ।
केरामा म्याग्नेसियम र पोटासियम अधिक मात्रामा पाइन्छ। र ब्याक्टेरिया सक्रिय भइ स्वत असर मुटुमा पर्छ। ब्याक्टेरियाका कारण मुटु दुख्ने समस्या हुन्छ।
–४ टमाटर
टमाटर हेर्दा स्वादिष्ट र मन नपराउने व्यक्ति पनि कमै होलान् तर टमाटरले अल्सर गराउन सक्छ। टमाटरमा टनिक एसिडको मात्रा धेरै हुन्छ। काँचो सब्जी खाली पेटले पचाउन सक्दैन्।टमाटर र काक्रोलाई पोषक तत्व मानेर काँचो खाने चलन सामान्य हो तर यसले ग्यास्ट्रिक र अल्सर हुने सम्भावना धेरै हुन्छ।
बिहान उठ्ने बित्तिकै मन तातो पानी पिउँदा दिनभरी पेटलाई आराम मिल्दछ। मन तातो नभए राती छोपेर राखेको पानी बिहान पिउन सकिन्छ। त्यसपछि अन्य खानेकुराहरु खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ। हामी सधै स्वस्थ रहन सक्छौ।
दही
दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ। खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ।