किन गनाउँछ मुख? यसरी राख्नुहोस् मुख र दाँत स्वस्थ - Chaitanya News
  • 2026-05-05
  • 07:12:37
  • मंगलबार,बैशाख २२, २०८३
  • किन गनाउँछ मुख? यसरी राख्नुहोस् मुख र दाँत स्वस्थ

    किन गनाउँछ मुख? यसरी राख्नुहोस् मुख र दाँत स्वस्थ

    मुख शरीरको महत्वपूर्ण अंग हो। खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ। त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन। मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ। मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा

    धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने।

    धेरै तातो र धेरै चिसो नखाने।

    मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने।

    हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने।
    मुखमा खानेकुरा राखेर नसुत्ने।

    बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने।

    बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने।

    रेसा भएको र पोसिलो खानेकुरा खाने।

    पानी प्रशस्त पिउने।

    वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ।

    नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने।

    फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने।

    हरेक ५ महिनामा दाँत जँचाउने।

    प्लस टिप्स
    डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ। मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो।