1. पुर्व देखि पश्चिम देशान्तरको आधारमा क्षेत्रीय सहयोग संगनको भौगोलिक अवस्थितिको कुन क्रम ठीक हो ?
A) युरोपियन, युनियन, आसियान, सार्क, ओपेक
B) आसियान, सार्क, ओपेक, युरोपियन, युनियन
C) सार्क, आसियान, युरोपियन, युनियन, ओपेक
D) आसियान, ओपेक, सार्क, युरोपियन, युनियन,
2. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ?
महादेश ठुलो हिमनदी
a. उत्तर अमेरिका 1. भट्नाकोलोज
b. दक्षिण अमेरिका 2. हवार्ड
c. युरोप 3. किलिमञ्जरो
d. अफ्रिका 4. पेरिटो मोरिनो
A) a2,b1,c3,d4 B) a2,b4,c1,d3 C) a3,b1,c2,d4 D) a2,b4,c3,d1
3. निम्न लिखित कथन अध्ययन गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा १५ सदस्य राष्ट्र हुन्छन ।
२. अन्तर्राष्ट्रिय मुद्राकोष संयुक्त राष्ट्रसंघको प्रमुख अंग हो ।
३. नेपाल संयुक्त राष्ट्रसंघको सदस्य १४ डिसेम्बर १९५५ मा भएको हो ।
४. सार्क राष्ट्रमध्ये सबैभन्दा पछि संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने मुलुक अफगानिस्तान हो।
A) १,२ र ३ मात्र ठिक B) १,२ र ४ मात्र ठिक C) १ र ३ मात्र ठिक D) सबै ठिक
4. जोडा मिलाउँनुहोस् र कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I हिमशिखर समूह II हिमश्रृङ्खला
a. अमादब्लम 1. रोलवालिङ्ग
b. गौरी शंकर 2. महालंगुर
c. माछापुच्छ्रे 3. गणेश
d. मनास्लु 4. अन्नपुर्ण
A) a2,b3,c4,d1 B) a2,b1,e4,d3 C) a3,b1,c4,d2 D) a2,b1,c3,d4
5. अंसग्लन राष्ट्रहरुको १६ औं शिखर सम्मेलन कुन देशमा भएको थियो ?
A) इरान B) दक्षिण अफ्रिका C) क्युवा D) इण्डोनेसिया
6. संगठन र मुख्यालय वीच जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
संगठन मुख्यालय
a. संयुक्त राष्ट्रियसंघीय विश्वविद्यालय 1. जेनेभा
b. विश्व व्यापार संगठन 2. वासिङ्टन डिसी
c. अन्तर्राष्ट्रिय मुद्रा कोष 3. नैरोवी
d. सयुंक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम 4. टोकियो
A) a4,b1,c2,d3 B) al,b4,c3,d2 C) a4,b1,c3,d2 D) a2,b3,c1,d4
7. निम्न कवनहरु बारे विचार गर्नुहोस् र कोड देखि सहि उत्तर छनोट गर्नुहोस् ।
१. विश्वमा पुस्तक छाप्ने र प्रकाशन गर्ने पहिलो देश चीन हो।
२. भौतिकशास्त्रमा नोवेल पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्ति विल्हेम रोएन्टेजन हुन ।
३. अमेरिकी राष्ट्रपति पदबाट राजिनामा गर्ने प्रथम व्यक्ति रिचार्ड निक्सन हुन ।
४. जर्मनीका प्रथम महिला बान्सलर एञ्चेला मार्केल हुन ।
A) सबै गलत B) ३ र ४ मात्र ठिक C) १,२ र ३ मात्र ठिक D) माथिका सबै ठिक
8. प्रथम विश्व युद्धको क्रममा जर्मनीसर्ग शान्ति सम्झौता (Peace Treaty 1917) गर्ने मुलुक तलका मध्ये कुन हो ?
A) बेलायत B) अमेरिका (C) अष्ट्रिया D) रुस
9. लिच्छविकालका सम्बन्धमा जोडा मिलाई कोडका आधारमा सहि विकल्प छान्नुहोस् ।
समुह I समुह II
1. भूमि सम्बन्धि कार्य गर्ने अड्डा a. कुवेर
2. कुलो तथा खानेपानी संचन्धि कार्यको व्यवस्थापन गर्ने b. शुल्ली
3. पञ्चअपराध सम्बन्धि मुद्दा हेर्ने c. लिङ्गवल
4. विवाह सम्बन्धि कार्य गर्ने d. माण्योक
e. परमाशन
A) la,2b,3c,4d B) 1a,2c.3b,4d C) 1d,2c, 3b,4a D) le,2d,3a,4b
10. नेपालको इतिहासमा मण्डलेश्वर भनेर यक्ष मल्ललाई चिनिन्छ भने नेपालेश्वर भनेर कसलाई चिनिन्छ ?
A) जितामित्र मल्ल B) जगंज्योति मल्ल C) अभय मल्ल D) श्रीनिवास मल्ल
11. जोड़ा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह । समुह II
1. गाईजात्रा a. चैत्र कृष्ण चतुर्दशी
2. इन्द्रजात्रा b. नववर्षमा
3. घोडेजात्रा c. भाद्र शुक्ल चतुर्दशी
4. विस्केट जात्रा d. भाद्र कृष्ण प्रतिवदा
A) la,2b,3c,4d B) 1d,2c,3a,46 C) 1d,2a,3b,4c D) 1b,2a,3d,4c
12. बिवाहमा जन्ती जानु र मर्दा मलामी जानु अघि बन्दुक पड्काउने चलन रहेको जाति तलका मध्ये कुन हो ?
A) चेपाङ B) डोल्पो C) ल्होमी D) लिम्बु
13. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
2. नेपालको संविधान, २०१९ 1. धर्म निरपेक्ष घोषणा
b. अन्तरिम संविधान, २०६३ 2. राजा महेन्द्र
c. नेपाल अधिराज्यको संविधान, २०४७ 3. सार्वभौमसत्ता जनतामा
d. नेपाल सरकार वैधानिक कानून, २००४ 4. नेपालको पहिलो संविधान
5. राजकीय सत्ता श्री ३ मा
A) a2,b1,c3,d4 B) al,b5,c4,d3 C) a2,b1,c4,d3 D) a2,b5.c4,d1
14. तलका कथन अध्ययन गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपाल सन् १९८७ देखि रामसार कन्भेनसनको पक्ष राष्ट्र बनेको हो।
२. CITES महासन्धीमा नेपालले सन् १९७५ मा नै हस्ताक्षर गरेको हो।
A) १ सहि २ गलत B) १ गलत २ सहि C) दुबै सहि D) दुवै गलत
15. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ।
समुह । समुह II
a. भोगकर 1. फर्निचरमा लगाईने कर
b. भागकर 2. पशुमा लगाईने कर
c. मल्लकर 3. पसलमा लगाईने कर
d. आपणककर 4. भैंसीमा लगाईने कर
5. कृषि उत्पादनमा लगाईने कर
A) a2,b1,c3,d5 B) al,b5,e4,d3 C) a2,b5,c4,d3 D) a2,b5,c4,d1
16. सर्वप्रथम सिविल सोसाईटी शब्दको प्रयोग कसले गरेका थिए?
A) प्लेटो B) रुसो C) अरस्तु D) सिसेरो
17. स्थानिय तह अर्न्तगत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन भनेर नेपालको कुन धारामा उल्लेख गरिएको छ ?
A) धारा ५६ B) धारा ५५ C) धारा ५७ D) धारा ५४
18. सार्वजनिक प्रशासनको व्यवस्थित र वैज्ञानिक अध्यनको शुभारम्भ कहिलेबाट भयो ?
A) सन् १९८६ B) सन् १९८५ C) सन् १९८७ D) सन् १९८८
19. तलका दिइएका भनाई अध्ययन गरि गलत उत्तर छनोट गर्नुहोस् ?
A) अक्षांश रेखालाई समान्नतर रेखा पनि भनिन्छ ।
B) सम्पूर्ण अक्षांश रेखाहरु पुर्णवृताकार हुन्छन ।
C) भूमध्य रेखा सबैभन्दा लामो अक्षांश रेखा हो।
D) भुमध्य रेखाको सहायताबाट स्थानिय समय थाहा पाउन सकिन्छ ।
20. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. विश्वको पहिलो नगदे वाली 1. सनपाट
b. फलफुलकोअध्ययन सम्बन्धी विज्ञान 2. चिया
c. व्यापारको खैरो कागज 3. भटमास
d. वाणिज्यको खैरो कागज 4. नगदेबाली
5. पोमोलोजी
A) a2,b1,c3,d5 B) al.b5.c4,d3 C) a2,b5,c4,d3 D) a2,b5,c4.dl
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100