काठमाडौं– पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो। चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ। उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ। त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै महत्वपूर्ण तथा लाभदायक मानिन्छ।
यी हुँन हरेक बिहान भिजेको चना चपाउनुका फाइदा
१. भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ।
२. भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँदछ।
३. हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस्। यसले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउँदछ।भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौन क्षमता पनि बढाउँदछ।
४. पटक पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ? यदि त्यसो हो भने नियमित रुपमा रहेक बिहान भिजेको चना खाने गर्नुस्।
५. छालालाई स्वस्थ राख्नका लागि तथा चिलाउने, दाद, धब्बा जस्ता समस्या कम गर्नका लागि पनि नियमित रुपमा भिजेको चना खाने गर्नाले फाइदा पुग्दछ।
६. शरीरको वजन वृद्धि गर्न, मांशपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नुपर्दछ।
७. भिजेको चनाको नियमित सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै रुघाखोकीको समस्या पनि कम गर्दछ।
८. चनामा पर्याप्त मात्रामा फस्फोरस लवण पाइन्छ जसले हेमोग्लोबिनको मात्रा बढाउँदछ साथै मृगौलालालाई समेत स्वस्थ राख्न सहयोग गर्दछ।
९. रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ।
१०. भिजाएको चना नियमित खानाले शरीरमा मेटाबोलिज्म अर्थात् उर्जाको दहन तिब्र बन्दछ। जसका कारण रगतमा चिनीको मात्रा नियन्त्रण हुने र मधुमेहबाट जोगिन सहयोग पुग्दछ।
११. चना आइरनको राम्रो श्रोत हो। भिजाएको चना नियमित रुपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ।
एजेन्सी