यस्ता छन बच्चालाई जाडोमा मनतातो दुध दिनुका फाइदाहरु - Chaitanya News
  • 2026-05-05
  • 06:07:35
  • मंगलबार,बैशाख २२, २०८३
  • यस्ता छन बच्चालाई जाडोमा मनतातो दुध दिनुका फाइदाहरु

    यस्ता छन बच्चालाई जाडोमा मनतातो दुध दिनुका फाइदाहरु

    एजेन्सी– दुधको सेवन गर्नु बच्चा तथा बुढा सबैका लागि फाइदाजनक हुन्छ। दुध शरीरलाई आवश्यक पर्ने पोषक तत्वले भरिपूर्ण हुन्छ।

    बच्चालाई जाडोको मौसममा मनतातो दुध खुवाउँदा कस्ता फाइदा हुन्छन् भनेर जानौं।

    दुधमा भिटामिन ए, के र ई जस्ता तत्व हुन्छन्। साथमा क्याल्सियम, आयोडिन, फास्फोरस, प्रोटिन जस्ता तत्व पनि पाइन्छन्। जसले गर्दा बच्चालाई रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ।

    दैनिक रुपमा एक गिलास मनतातो दुध पिउँदा बच्चाहरु छिटो छिटो बिरामी पनि हुँदैनन्। यसले उनीहरुलाई चिसोबाट पनि जोगाउँछ।

    यदि तपाईंको बच्चाको तौल एकदमै कम भइरहेको छ भने पनि उसलाई दैनिक रुपमा दुध खुवाउनुहोस्। यसमा क्यालोरी पनि धेरै हुने भएकाले तौल बढाउन सहयोगी हुन्छ।

    बच्चालाई जाडोको मौसममा मनतातो दुध दिँदा उनीहरुको शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ। यसमा पाइने पोटाशियमले नसा तथा रगतका नलीलाई खुलाउने काम गर्छ।

    बच्चाको हड्डी बलियो बनाउन पनि नियमित रुपमा दुध पिउनु फाइदाजनक हुन्छ। त्यसैले जाडोको मौसममा विशेषगरी मनतातो दुध दैनिक रुपमा बच्चाहरुलाई खुवाउनुहोस्।