जाडोमा एक दिनमा कति गाजर खानुपर्छ? - Chaitanya News
  • 2026-07-17
  • 05:03:52
  • बिहिबार,आषाढ ३२, २०८३
  • जाडोमा एक दिनमा कति गाजर खानुपर्छ?

    जाडोमा एक दिनमा कति गाजर खानुपर्छ?

    एजेन्सी– जाडोको मौसममा गाजर सजिलै पाइन्छ। गाजर खानमा जति स्वादिष्ट हुन्छ त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। तर, धेरै मात्रामा गाजर खाँदा शरीरलाई नोक्सान पनि पुग्न सक्छ।

    त्यसैले एक दिनमा कति मात्रामा गाजरको सेवन गर्नु उपयुक्त हुन्छ भन्नेबारे जानौं।

    पोषणविद्का अनुसार अनुसार तपाईंले दिनमा ६ देखि ८ वटा गाजर खान सक्नुहुन्छ। तर, यो कुराको ध्यान दिनुपर्छ कि लगातार गाजर खानु हुँदैन। पूरा हप्तामा दुईदिनभित्र ६ देखि ८ वटा गाजर खानुहोस्। यदि तपाईंको शरीरमा आइरनको कमी छ भने दैनिक दुई देखि तीन वटा गाजर खान सक्नुहुन्छ।

    यदि तपाईंले हरेक दिन लगभग १० वटा गाजर खान थाल्नुभयो भने कैरोटेनीमिया हुन सक्छ। यो त्यस्तो समस्या हो जसले छालामा बीटा क्यारोटिन जम्मा हुने कारण बन्न सक्छ।

    त्यस्तै गाजरमा फाइबर हुन्छ, जो स्वास्थ्यका लागि राम्रो हुन्छ। तर, धेरै मात्रामा फाइबरको सेवनले कब्जियत, आन्द्रासँग जोडिएको समस्या तथा ग्यास जस्तो समस्या बढाउन सक्छ।

    गाजरमा अत्यधिक पानी हुन्छ। यो धेरै खाँदा तपाईंलाई पटक पटक पिसाब लाग्ने समस्या पनि हुन सक्छ। त्यस्तै शरीरमा आइरनको कमी हुँदा गाजर खाने सल्लाह दिइन्छ। तर, गर्भावस्थामा धेरै गाजर खाँदा तपाईंलाई वान्ता आउने समस्या हुन सक्छ।

    कतिपय मानिसमा पहिलेदेखि नै एलर्जीको समस्या हुन्छ। यसलाई खाँदा एलर्जी झनै बढ्ने समस्या हुन्छ। त्यसैले एलर्जी भएका व्यक्तिले गाजर नखानुहोस्।