बिहानै खाली पेटमा पानी पिउँदाका फाइदा - Chaitanya News
  • 2026-05-05
  • 06:07:18
  • मंगलबार,बैशाख २२, २०८३
  • बिहानै खाली पेटमा पानी पिउँदाका फाइदा

    बिहानै खाली पेटमा पानी पिउँदाका फाइदा

    काठमाडौं – मानव जीवनमा पानीको महत्व धेरै छ। यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि। तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ।

    बिहान खाली पेटमा मनतातो पानी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ। पानी कुनै रोगको उपचार नभए पनि यसले पेटको सफाइ गर्ने काम गर्छ। हो, विभिन्न शोध तथा अध्ययनले देखाएअनुसार तपाइले बिहानै मनतातो पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट छुट्कारा समेत पाउनुहुनेछ। प्रशस्त पानी पिउँदा शरीरको फोहोर र विषाक्त पदार्थ पसिना र पिसाबका रूपमा बाहिर निस्कन्छ।

    बिहान उठेर पानी पिउनुका फाइदाहरु:

    बिहान सबेरै खाली पेटमा मनतातो पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ। र राम्ररी रक्तसञ्चार हुन पाउँछ।

    यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउन शुरु गरिहाल्नुस । यसबाट तौल कम गर्न सकिन्छ।

    बिहानै उठेर पानी पिउँदा शरीरको रगत समेत सफा हुन्छ।

    शरीरले पोषक तत्व सजिलै प्राप्त गरी पाचन प्रक्रिया पनि राम्रो हुन्छ।

    बिहान उठेर पानी अवश्य पिउनुस् किनकी बिहान हाम्रो दिमाग शान्त हुन्छ। यतिखेर दिमागलाई भरपूर अक्सिजन प्राप्त भएर ताजा भइरहेको हुन्छ। पानी पिउँदा दिनभरि तनावबाट राहत प्राप्त हुन्छ।

    खाली पेट पानी पिउँदा हाम्रो शरीरको तापक्रम पनि नियन्त्रणमा रहन्छ।

    बिहानै उठेर पानी पिउने प्रक्रिया नियमित पानी पिएमा छालामा कान्ति आउँछ। चमक थपिन्छ।

    शरीरका मांसपेशी पनि बलियो हुन्छ। कोशिका निर्माण हुँदै जान्छ।

    – खाली पेटमा पानी पिउँदा मेटाबोलिजम् सक्रिय हुन्छ।

    रुघाखोकी लागेको बेला पर्याप्त मनतातो पानीले ओखतिको रुपमा काम गर्छ।

    – बिहानै उठेर पानी पिएमा कब्जियतको समस्याबाट छुट्कारा मिल्छ।

    – बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ।

    महिलाहरुको महिनावारी समेत समयमै हुन्छ।

    बिहानै पानी पिउने गर्नाले भोक बढ्छ अरुची हुने समस्या हट्छ।

    मृगौलासँग सम्बन्धित समस्या, टाउको दुखाई, पेटको समस्या सजिलै हट्छ।

    सामान्य व्यक्तिले (पुरूष या महिला ) दिनमा दुई देखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर यो एकै चोटी पिउनु हुँदैन। यसको लागि यही समय भन्ने पनि छैन। अथवा सबैले यही नै खानुपर्छ भन्ने पनि छैन। तर पिसाब पहेँलो हुनुहुँदैन। पिसाब पोल्ने, गन्हाउने, कलर बदलिने भएमा पानी नपुगेको संकेत पनि हुनसक्छ। तिर्खा लागिहाल्यो भने एकछिनपछि भनेर बस्नुभएन।

    दिनमा यति पानी पिउने भनेर कुनै नियम नभएको कारण तपाईले आफ्नो शरीरको आवश्यकताअनुसार पानी पिउनुपर्छ ।

    इन्स्टिच्युट अफ मेडिसिनले गरेको एक अध्ययनले युवा अवस्थामा पुरुषलाई प्रतिदिन तीन र महिलालाई दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने बताएको छ। धेरै गर्मी छ शरीरमा पसिना आएको छ अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने पनि हुन्छ। वा दौड, ग–हौँ सामान उचाल्ने, कडा परिश्रम भएको बेला पानीको मात्रा पनि बढाउनुपर्छ।

    कस्ता व्यक्तिले पानी बढी पिउने:

    मधुमेहका बिरामीले पनि पानी धेरै खानुपर्ने भएकोले डाक्टरको सल्लाह बमोजिम पानी खानुपर्छ।

    मधुमेहको मात्रा अनुसार पानीको मात्रा घटाउने बढाउने गर्नुपर्छ।

    पखाला लागेको बेलामा पानीको मात्रा बढाउनुपर्छ।

    कडा परिश्रमको बेला पनि पानीको मात्रा बढाउनुपर्छ।

    राम्रो मष्तिष्कको लागि पनि शरीरले आवश्यक ठाने जति पानी पिउनुपर्छ।

    एक पटकमा धेरै पानी नपिऔँ

    खाना खाने समयभन्दा आधा घण्टा अगाडी, खानापछिको आधा घण्टासम्म पानी पिउनु हुँदैन।

    राति पनि अटसमटस पानी पिएर सुत्नु हुँदैन।

    गर्भवती सुत्केरी बिरामी महिनावारीको बेला सकेसम्म उमालेर मनतातो भएको पानी पिउनुपर्छ ।

    नयाँ ठाउँमा जाँदा जहाँको पायो त्यहाँको पानी खानु हुँदैन।

    तातो झोल खानेकुरा र चिसो पानी लगत्तै पिउने गर्नुहुँदैन।

    सकेसम्म पानी ग्लासमा राखेर पिउनुपर्छ।

    एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी पिउनु हुँदैन।

    पानीमा आइस हालेर पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन।

    खुट्टा सुनिने समस्या भएकाले, शरीर फुल्ने, दम, मुटुका रोगी, मृगौलाका रोगीले भने धेरै पानी पिउनु हुँदैन। तर यसबारे चिकित्सकको सल्लाह लिनुहोस्।

    उभिएर कहिलै पनि पानी पिउनु हुँदैन। आयुर्वेदमा पनि यो भनिएको छ कि उभिएर कहिलै पनि पानी पिउनु हुँदैन। किनभने उभिएर पानी पिउँदा पानी सिधै पेटको तल्लो भागमा जान्छ र खानाबाट पौष्टिक तत्वहरू प्राप्त गर्न सकिँदैन।

    सानो सानो घुट्कोमा पानी पिउनुहोस्:

    गलत तरिकाले पानी पिउँदा मृगौला समस्या हुन सक्छ।

    एक्सरसाईज गर्दागर्दैको अवस्थामा तत्कालै धेरै पानी नपिउनुहोस्।

    दौडदा घाँटी मात्रै भिजाउनुहोस् । धेरै पानी नपिउनुहोस्।

    पानी पिउने गलत तरिकाले तपाईंको टाउकोमा टाउको दुख्ने, भारीपन र सुस्ती निम्त्याउन सक्छ।

    कलेजो कमजोरी, छालाको एलर्जी, कपाल झर्ने समस्या पनि आउन सक्छ।

    बिहानै खाली पेटमा नखानुहोस् यी कुरा:

    विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ।

    पक्कैपनि हाम्रो आहार विहारको रुटिन मिलेनभने हामीलाई खानाकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थाल्दछ।

    एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस्।

    चिकित्सका अनुसार यि खानेकुरा विष बराबर हुन्छ।

    सफ्ट ड्रिङ्स

    – मसालेदार खाना

    – चिसो पेय पदार्थ

    – अमिलो फल

    – चिया–कफी

    ग्रीन टि

    –चिनी

    –खर्बुजा

    –केरा

    –सुन्तला

    –सखरखण्ड

    – दुध

    –टमाटर

    – सोडा

    –औषधि

    –रक्सी

    –दही