काठमाडौँ– काठमाडौँमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा युवा उद्यमी आयुश केडिया ‘उदयमान सम्मानित भएका छन्।
सो कार्यक्रममा उपराष्ट्रपति राम सहाय यादव र उद्योग वाणिज्य एवं आपूर्ति मन्त्री रमेश रिजाल लगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरे। सोही अवसरमा उद्योगपति ताराचन्द केडियालाई पनि उद्योग क्षेत्रमा पु(याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सम्मान गरिएको थियो।