स्वास्थ्यमन्त्री बस्नेतलाई तत्काल पदमुक्त गर्न माग - Chaitanya News
  • 2026-11-19
  • 13:00:38
  • बिहिबार,मंसिर ०४, २०८३
  • स्वास्थ्यमन्त्री बस्नेतलाई तत्काल पदमुक्त गर्न माग

    स्वास्थ्यमन्त्री बस्नेतलाई तत्काल पदमुक्त गर्न माग

    काठमाडौँ–  चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्।

    उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् र पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन्।

    ‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो’ डा। केसीले भनेका छन्, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो। निजलाई तत्काल पदमुक्त गरियोस्।’

    यस्तै, मन्त्री बस्नेतले मर्यादा विपरीतका क्रियाकलाप गरी आइरहेको आरोप डा। केसीले लगाएका छन्।