1. प्रधानमन्त्री कप २०७९, क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी को हुन ?
A. मौसम ढकाल B. दिपिन्द्र सिंह ऐरी C. रोहित कुमार पौडेल D. समिर कंडेल
2. नेपाल दुर सञ्चार प्राधिकरणले कहिलेबाट (MDMS) लागु गरेको हो ?
A. वि.स २०७९-५-३० B.वि.स २०७९-६-३०
C. वि.स २०७९-५-३१ D. वि.स २०७९-५-२०
3. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. डोल्पा जिल्लाको मगरले बोल्ने भाषा – काईके
B. नेपाली भाषाको पहिलो पत्रिका -गोर्खा भारत जिवन
C. विश्वको पुरानो भाषा -संस्कृत
D. नेपालको राष्ट्रभाषा – नेपाली
4. तलका कथन अध्ययन गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. एशियाको नोवेल भनेर म्यागसेसे पुरस्कारलाई चिनिन्छ ।
२. म्यागसेसे पुरस्कार सन् १९५८ देखि वितरण गर्न थालिएको हो ।
A. १ सहि २ गलत B. १ गलत २ सहि C. दुवै सहि D. दुवै गलत
5. तलका कथन अध्ययन गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा जम्मा १५ सदस्य राष्ट्र रहन्छन ।
२. सुरक्षा परिषद्मा १० स्थायी राष्ट्रसदस्य रहेका छन ।
A. १ सहि २ गलत B. १ गलत २ सहि C. दुवै सहि D. दुवै गलत
6.’Island continent’ भनेर कुन महादेशलाई चिनिन्छ ?
A) Europe B) Australia C) Asia D) Africa
7. तलका कथन विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. हिँउको बाघ भनेर आङरिता शेर्पालाई चिनिन्छ ।
२. हिंउको चितुवा भनेर तेन्जिङ नोर्गे शेर्पालाई चिनिन्छ ।
A. १ सहि २ गलत B. १ गलत २ सहि C. दुवै सहि D. दुवै गलत
8. नेपालमा निजी वन राष्ट्रियकरण ऐन, कहिले ल्याइएको हो ?
A. वि.स २०१३ B. वि.स २०१५ C. वि.स २०३५ D. वि.स २०४९
9. प्रसिद्ध तीर्थस्थल ’स्वर्णदारी’कुन जिल्लामा पर्दछ ?
A. सल्यान B.प्युठान C. पाल्पा D. रोल्पा
10. संयुक्त राष्ट्रसंघको पहिलो बैठक कहाँ बसेको थियो ?
A. न्युयोर्क, अमेरिका B. वासिङ्गटन, अमेरिका C. जेनेभा, स्वीजरल्याण्ड D. लण्डन, वेलायत
11.’Busman Holiday’ के सँग सम्बन्धित छ ?
A. सबै कर्मचारी विदामा बसेको अवस्था
B. कर्मचारीले एकै प्रकतिको अन्य काम गरेको अवस्था
C. कम्नीले कर्मचारीलाई विशेष अवस्थामा दिएको विदा
D. कम्पनीको मालिक विदामा बसेको अवस्था ।
12. कुन मुद्रालाई एबउभच न्यमि भनेर बुझिन्छ ?
A. अमेरिकी डलर B.स्टर्लिङ पाउण्ड C. युरो D. एस डी आर
13. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
A. पहिलो मल्ल राजा 1. प्रचण्डदेव
B. शान्ती श्री 2. प्रताप मल्ल
C. तलेजु भवानी 3. अरी देव
D. रानी पोखरी 4. महेन्द्र मल्ल
A) a3,b4,c2,d1 B) a3,b2,c1,d4 C) a3,b1,c4,d2 D) a1,b3,c2,d4
14. तलका कथनहरु अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् ।
१. मछिन्द्रनाथको मन्दिर शिखर शैलिमा निर्मित छ ।
२. मुसिकोट चौविसे राज्य अन्र्तगत पर्दथ्यो ।
३. नेपालको पहिलो रंगिन चलचित्र कुमारी ।
A. १ र २ सही B. ३ मात्र सही C. सबै सही D. १ मात्र सही
15. शुद्ध पानीको pH Scale कति हुन्छ ?
A) pH5 B) pH6 C) pH7 D) pH8
16. सापेक्षताको सिद्धान्त का प्रतिपादक देहायका मध्ये को हुन ?
A, सरआईज्याक न्युटन B. आर्किमिडिज C. जोन डाल्टन D. अल्वर्ट आईस्टाईन
17. विश्वमै पहिलो पटक हाईड्रोजन संचालित रेल सेवा सुरु गर्ने देश कुन हो ?
A. भारत B.जर्मनी C. अष्ट्रेलिया D. वेलायत
18. ३० औ अन्तराष्ट्रिय जलवायु सम्मेलन(Cop – 30) कुन देशले आयोजना गर्ने भएको छ ?
A.अष्ट्रेलिया B. भारत C. नर्वे D. ब्राजिल
19. राष्ट्रिय जनगणना २०७८ अन्तिम नतिजा अनुसार तलका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
क्षेत्र लैंगिक अनुपात
१. हिमाली प्रदेशमा -९७.५९
२. पहाडी प्रदेश -९४.६५
३. तराई प्रदेश – ९६.११
मथि दिइएका जोडाहरु मध्ये कुन कुन सहि छन ।
A. १,२ सहि B. २,३ सहि C. सबै सहि D. १,३ सहि
20. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्य सम्म लैंगिक विकास सुचकांक कति पु¥याउने अनुमान गरिएको छ ?
A. ०.३१ B. ०.९८ C. ०.३२ D. ०.८८
उत्तरहरु:
1. A 11. B
2. A 12.D
3. D 13. C
4. B 14. C
5. A 15. C
6. B 16. D
7. D 17. B
8. A 18. D
9. B 19. C
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100