बिहान उठ्दा मानिस अघिल्लो दिनको थकान र तनावबाट मुक्त भएर उठ्दछ।
तसर्थ बिहान शरीरमा एक प्रकारको सकारात्मक उर्जा उत्पन्न हुने गर्दछ।
त्यसैले मानिसको बिहानीको समयमा बितेको पलले दिनभरीको उसको मुड निर्धारण गर्ने विश्वास गरिन्छ। तसर्थ बिहान उठ्नासाथ निम्न काम गर्नु पर्दछ।
१. ओच्छ्यानमा आखाँ खुलेलगत्तै एक्कासी जुरुक्क उठ्नु हुँदैन।
२. आखाँ खुलेपछि केहिबेर ओच्छ्यानमा नै पल्टेर १ मिनेट बस्ने गर्नु पर्दछ।
३. त्यसपछि रातभर विश्राममा रहेको शरीरमा रक्तसञ्चार गराउने शरीर तन्काउनु पर्दछ।
४. पर्याप्त समय दिई दिसापिसाब गर्ने तर बाथरुममा मोवाइल हेर्ने बानि लगाउनु हुदैन।
५. कतिपयमा धेरैबेर दाँत माझ्ने बानि हुन्छ। तर यसो गर्नुहुदैन।
६. दाँतलाई नरम ब्रसले २ देखि ३ मिनेटसम्म हल्का दबाबमा ब्रस गर्नुपर्दछ।
७. त्यसपछि नुहाउनु उपयुक्त हुन्छ। तर यो जाडो मौसममा अनुकुल नहुन सक्छ।
८. त्यसपछि खाली पेटमा एक केस्रा काँचो लसुनलाई तातोपानीसँग उपयुक्त हुन्छ।
९. खाजामा उसिनेको अण्डा वा क्यालसियमयुक्त खानेकुरा दूध खानु उपयोगी हुन्छ।
१०.सकेसम्म बिहानको खाजामा कम चिल्लो भएको परिकार खानु पर्दछ।