घरेलु टिमलाई ब्याटिङको निम्तो - Chaitanya News
  • 2026-06-08
  • 01:57:50
  • आइतबार,जेठ २४, २०८३
  • घरेलु टिमलाई ब्याटिङको निम्तो

    घरेलु टिमलाई ब्याटिङको निम्तो

     

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाले घरेलु टोली भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले फिल्डिङको निर्णय गरे । घरेलु टिमलाई ब्याटिङको निम्तो दिए ।

    दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिँदै छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

    विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।