रास्वपाको तीन प्रश्न  - Chaitanya News
  • 2026-11-21
  • 22:07:39
  • शनिबार,मंसिर ०६, २०८३
  •  

    राष्ट्रिय स्वतन्त्र पार्टी जनताको घरदैलोमा पुगेको छ । गत मंसिरको चुनावपछि रास्वपा घरदैलोमा पुगेको हो । सांसद र नेता निर्वाचनको समयमा मात्र जनताको घरदैलोमा जाने र त्यसपछि नजाने मान्यतालाई तोड्न रास्वपा घरदैलोमा गएको हो ।

     

    ’नेता र पार्टी जनतासँग हुनुपर्छ । निर्वाचनको समयमा मात्र होइन । चुनावपछि पनि नियमित घरदैलो हुनुपर्छ भन्ने नयाँ संस्कार स्थापित गर्न खोहेका हौँ’, रास्वपाका प्रवक्ता मुलुल ढकालले भने ।

     

    रास्वपाका नेता सांसद १६५ वटै निर्वाचन क्षेत्रमा पुगेका छन् । तीनवटा प्रश्न बोकेर जनताको घरदैलोमा गएको प्रवक्ता ढकालले बताए । हिजोबाट सुरु भएको अभियान कात्तिक ४ गतेसम्म चल्ले छ ।

     

    यस्ता छन् प्रश्न ः

     

    १ः हामीबाट हुन गएका कमी कमजोरी र गल्तीहरू के के हुन् ? कृपया स्पष्ट खुलाइदिनुहोस् ।

     

    २. हाम्रा लागि तपाईंका सुझावहरू के के छन् ?

     

    ३. तपाईंले आफ्नो क्षेत्रमा देख्नुभएको गर्नपर्ने मुख्य तीन प्राथमिकताका कामहरू के के छन् ?