भारतीय समर्थकलाई टाउको दुखाइ बने अम्पायर - Chaitanya News
  • 2026-06-08
  • 01:57:48
  • आइतबार,जेठ २४, २०८३
  • भारतीय समर्थकलाई टाउको दुखाइ बने अम्पायर

    भारतीय समर्थकलाई टाउको दुखाइ बने अम्पायर

    काठमाडौं । विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार भारत र अष्ट्रेलिया भिड्नेछन् । फाइनल खेल भारतको अहमदावादमा नेपाली समय अनुसार दिउँसो २ः ४५ मा सुरु हुने छ ।

    फाइनल खेलमा इंग्ल्याण्डका रिचर्ड केटलबोरो र रिचर्ड इलिङवर्थले अम्पायरिङ गर्ने छन् ।

    ५० वर्षका केटलबोरोले दोस्रो पटक फाइनल खेलमा अम्पायरिङ गर्ने अवसर पाएका हुन् । उनी र कुमार धर्मसेना सन् २०१५ को विश्वकपको फाइनलमा पनि फिल्ड अम्पायर थिए । २००९ नोभेम्बरमा एकैदिन आईसीसीको अन्तर्राष्ट्रिय रेफ्री भएका दुबैले यो विश्वकपको सेमिफाइनल खेलाएका थिए ।

    भारत र न्यूजिल्याण्डको खेलमा इलिङवर्थ र अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा केटलबोरो अम्पायर थिए ।

    फाइनलमा दुबै फिल्ड अम्पायर तोकिएका छन् । अम्पायरको नाम घोषणासँगै भारतीय समर्थक निराश भएका छन् ।

    किनकी रिचर्ड केटलबोरोले आईसीसीको जति नकआउट म्याचमा अम्पायरिङ गरेका छन्, सबैमा भारतले हार व्यहोरेको छ । एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो । त्यो खेलमा केटलबोरो अम्पायर थिए ।

    टी–२० विश्वकप २०१६ मा वेष्ट इण्डिजसँग हार्दा होस् वा च्याम्पियन्स ट्रफी २०१७ को फाइनलमा पाकिस्तानसँग हार्दा होस् । विश्वकप २०१९ को सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत हारेको खेलमा पनि केटलबोरो अम्पायर थिए ।