बाबरको राजीनामा पछि पाकिस्तानको कप्तान अब को ? - Chaitanya News
  • 2026-06-08
  • 03:31:16
  • आइतबार,जेठ २४, २०८३
  • बाबरको राजीनामा पछि पाकिस्तानको कप्तान अब को ?

    बाबरको राजीनामा पछि पाकिस्तानको कप्तान अब को ?

    बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएलगत्तै पाकिस्तानले शाहिन शाह अफ्रिदीलाई टी २० क्रिकेटको नयाँ कप्तान र शान मसुदलाई टेस्ट कप्तान नियुक्त गरेको छ।

    निकट भविष्यमा कुनै एकदिवसीय खेल तालिका नभएकोले पीसीबीले अहिलेसम्म ओडीआई कप्तानको नाम तोकेको छैन।

    मसूदको जसले एक दशकअघि आफ्नो टेस्ट डेब्यू गरेका थिए। तर केही वर्ष उनी टिममा परेका थिएनन्। पछिल्लो पटक श्रीलंकाविरुद्ध खेलेका उनले ३० टेस्ट खेलेका छन्।

    यता २३ वर्षीय अफ्रिदीले अष्ट्रेलियामा हुने टेष्टपछि पाकिस्तान पाँचवटा टी–२० खेल्न न्यूजिल्याण्ड जादा टिमको कप्तानी गर्नेछन् । जुन २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टी २० विश्वकपका लागि उनका लागि कप्तानका लागि अनुभवी हुन ६ महिना समय हुनेछ।

    अफ्रिदीले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सको कप्तानी गरेका थिए। कलन्दर्सले उनको नेतृत्वमा दुई उपाधि जित्दै उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो।