मुख्यमन्त्री र प्रसाइँबिच भनाभन - Chaitanya News
  • 2026-11-21
  • 21:59:39
  • शनिबार,मंसिर ०६, २०८३
  • मुख्यमन्त्री र प्रसाइँबिच भनाभन

    मुख्यमन्त्री र प्रसाइँबिच भनाभन

     

    विराटनगर । उर्लाबारीको सुन पसलमा भएको आगलागीमा घाइते भएका १० जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।

    कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज बिहान बीएन्डसी अस्पताल बिर्तामोड पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सबै १० जनालाई नेपाली सेनाको बिमानले भद्रपुर विमानस्थलबाट काठमाडौं लग्ने मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

    बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले उपचाररत बिरामीको उपचार खर्च बुझाएर मात्र लैजान दिनु भन्ने अस्पताल कर्मचारीलाई निर्देशन दिएपछि मुख्यमन्त्री कार्कीले ‘बिरामीको ज्यान दायाँबायाँ भए प्रसाईंलाई प्रहरी लगाएर थुनाइदिने’ चेतावनी दिएपछि बिरामी लैजान दिन प्रसाईं सहमत भएका थिए ।