राष्ट्रपति पौडेलले शीतलनिवासमै गरे गाईपूजा - Chaitanya News
  • 2026-11-21
  • 21:59:36
  • शनिबार,मंसिर ०६, २०८३
  • राष्ट्रपति पौडेलले शीतलनिवासमै गरे गाईपूजा

    राष्ट्रपति पौडेलले शीतलनिवासमै गरे गाईपूजा

    राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

    राष्ट्रपति पौडेलले शीतलनिवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ ।

    यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन मङ्गलबार गोरुपूजा÷गोवर्द्धन पर्वतको पूजा गर्ने परम्परा छ ।