सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो । टिकटक बन्द गर्ने कामको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने छ ।
टिकटकका कारण सामाजिक सद्भाव विथोलिएको भन्दै यस्तो निर्णय गरिएको हो । भारतसहित विश्वका विभिन्न मुलुकमा पनि टिकटक प्रतिबन्धित छ ।