कानुनी व्यवस्थामा जुवातास खेल्नेरखेलाउनेलाई के सजाय हुन्छ ? - Chaitanya News
  • 2026-11-21
  • 21:47:25
  • शनिबार,मंसिर ०६, २०८३
  • कानुनी व्यवस्थामा जुवातास खेल्नेरखेलाउनेलाई के सजाय हुन्छ ?

    कानुनी व्यवस्थामा जुवातास खेल्नेरखेलाउनेलाई के सजाय हुन्छ ?

     

    काठमाडौं । जुवातास खेल्नेरखेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । दिनहुँजसो जुवातास खेल्ने तथा खेलाउनेलाई पक्राउ परिरहेको नेपाल प्रहरीले जनाएको छ ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवाताससम्बन्धी कानुनी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ ।

    सो दफा अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वन ३० हजारसम्म जरिबानाको व्यवस्था गरिएको छ ।

    दोस्रो पटकमा भने एक वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकिएको छ ।

    दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

    जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।

     

    police-juwatas-1699755930.jpg