भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती जडान - Chaitanya News
  • 2026-11-21
  • 21:47:30
  • शनिबार,मंसिर ०६, २०८३
  • भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती जडान

    भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती जडान

    नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ ।

    भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो ।

    भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए । आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उनले बताए ।

    आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ ।