सचिव शर्माको उद्योग मन्त्रालयमा सरुवा - Chaitanya News
  • 2026-11-21
  • 21:33:28
  • शनिबार,मंसिर ०६, २०८३
  • सचिव शर्माको उद्योग मन्त्रालयमा सरुवा

    सचिव शर्माको उद्योग मन्त्रालयमा सरुवा

    काठमाडौँ । सरकारले सचिव नारायणप्रसाद शर्माको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत रहेका शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रलायमा सरुवा गरेको हो ।

    त्यस्तै सरकारले सहसचिव डा.हरिप्रसाद लम्साललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्रमुख सचिवका रुपमा कायम गरेको छ । त्यस्तै बैठकले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड पनि संशोधन गर्ने निर्णय गरेको छ ।