तीन महिनामा वैदेशिक शिक्षाको नाममा ३३ अर्ब बाहिरियो - Chaitanya News
  • 2026-11-21
  • 21:33:20
  • शनिबार,मंसिर ०६, २०८३
  • तीन महिनामा वैदेशिक शिक्षाको नाममा ३३ अर्ब बाहिरियो

    तीन महिनामा वैदेशिक शिक्षाको नाममा ३३ अर्ब बाहिरियो

     

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै सरकारलाई सेवा आयतर्फ २९ अर्ब ५६ करोड रुपैयाँ घाटा लाग्न पुगेको छ । आर्थिक वर्षको असोज मसान्तसम्ममा सेवा खाता अन्तर्गत भ्रमण शीर्षकतर्फ खुद ३४ अर्ब ७८ करोड रुपैयाँ घाटा व्यहोरेको सरकारले वैदेशिक शिक्षा खर्चतर्फ यसै अवधिमा ३२ अर्ब ९२ करोड रुपैयाँ गुमाएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा खुद सेवाआय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा गएको थियो ।

    समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब २ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रहेको थियो ।

    समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने सो मध्ये शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२९ अर्ब४१ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको थियो ।