रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक हो ः प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-21
  • 21:33:22
  • शनिबार,मंसिर ०६, २०८३
  • रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक हो ः प्रधानमन्त्री प्रचण्ड

    रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक हो ः प्रधानमन्त्री प्रचण्ड

     

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताएका छन् ।

     

    शुक्रबार रोल्पा अस्पतालको भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो परिवर्तनको मियो रोल्पा विकासका दृष्टिले पछि रहे पनि विस्तारै विकासको मूल प्रवाहमा प्रवेश गर्न लागेको बताए । हिजो पूर्वाधार, शिक्षालगायतका क्षेत्रमा पछि परेको रोल्पा अब विकासमा गति अगाडि बढेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

     

    अस्पताल भवन राम्रो र आधुनिक रहे पनि जनशक्ति र अन्य स्रोत साधनको अभाव रहेको बताउँदै उनले जनशक्तिका लागि आफू काठमाडौं फर्केलगत्तै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जनशक्ति व्यवस्थापन गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आफूले चीन भ्रमणका क्रममा फलफूल र जडीबुटीसम्बन्धी परियोजनामा पनि सम्झौता भएको बताउँदै उक्त परियोजना रोल्पामा सञ्चालन गर्ने बताए ।

     

    रोल्पा नगरपालिका–२, रेउघामा नवनिर्मित भवन ५० श्यया क्षमताको छ ।