बढ्यो विदेशी विनिमय सञ्चिति, एक वर्षको आयात धान्ने - Chaitanya News
  • 2026-11-21
  • 21:33:24
  • शनिबार,मंसिर ०६, २०८३
  • बढ्यो विदेशी विनिमय सञ्चिति, एक वर्षको आयात धान्ने

    बढ्यो विदेशी विनिमय सञ्चिति, एक वर्षको आयात धान्ने

     

     

     

    काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति ५.३ प्रतिशतले वृद्धि भएको छ ।

     

    नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा १२ अर्ब ३३ करोड पुगेको हो ।

     

    आर्थिक वर्ष २०८०÷०८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।