डा.ओम मूर्तिको नाममा सामाजिक सचेतनाको लागि विश्व रेकर्ड कायम - Chaitanya News
  • 2026-05-05
  • 06:07:36
  • मंगलबार,बैशाख २२, २०८३
  • डा.ओम मूर्तिको नाममा सामाजिक सचेतनाको लागि विश्व रेकर्ड कायम

    डा.ओम मूर्तिको नाममा सामाजिक सचेतनाको लागि विश्व रेकर्ड कायम

     

    डा.ओम मूर्ति अनिलले सामाजिक सचेतनाको लागि विश्व रेकर्ड कायम गरेका छन्।

    डा.ओम मूर्तिले गत असोजमा विश्व मुटु रोग दिवसको अवसरमा मुटु रोग सम्बन्धि सचेतना विषयमा फेसबुक लाइभ कार्फेजियो भास्सकुलर स्वास्थ्य सचेतनाका लागि सबै भन्दा बढी दर्शक शीर्षकमा गिजिन बुक रेकर्ड कायम गरेका हुन्। उनले शुक्रवार पत्रकार सम्मेलन गरी विश्व रेकर्डको बारेमा जानकारी गराएका हुन्।

    असोज १ गते ७ः१५ बजे आधा घण्टा लामो प्रस्तुतिमा ११ हजार २ सय १२ जनाले प्रत्यक्ष लाइभ हेरेका थिए। सोही लाइभ ९ हजार जनाले शेयर गरेका थिए। सम्पन्न हुँदासम्म १ लाख ५० हजार जनाले हेरेका थिए। मुटु रोग सचेतनाको क्षेत्रमा गिजिन बुकमा पहिलो रेकर्ड राख्ने अनिल पहिलो चिकित्सक हुन्।