उडुसको चिन्तामा दक्षिण कोरिया - Chaitanya News
  • 2026-11-21
  • 21:07:07
  • शनिबार,मंसिर ०६, २०८३
  • उडुसको चिन्तामा दक्षिण कोरिया

    उडुसको चिन्तामा दक्षिण कोरिया

    दक्षिण कोरियाका अधिकारीहरूले देश भर चिन्ता निम्त्याएको परजीवी किरा उडुसको सङ्क्रमणसँग जुध्न सङ्घर्ष गरिरहेको बताएका छन्।

    राजधानी सउल, इन्चोन र बुसान शहरमा नोभेम्बर ५ सम्ममा उडुस सङ्क्रमणका कम्तीमा १७ वटा प्रकोपजस्ता घटनाहरूको विवरण आएका छन्।

    दक्षिण कोरियाको सरकारले उडुससँग जुझ्नका लागि करिब ५ करोड १० लाख रुपियाँ बराबरको रकम नै छुट्याएको छ।

    दक्षिण कोरियाअघि फ्रान्स र यूकेमा पनि उडुसको प्रकोप देखिएको थियो र त्यसले कतिपय समुदायलाई आतङ्कित बनाएको थियो।

    उडुसको आतङ्क
    गएको सेप्टेम्बरमा नै दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको एउटा विश्वविद्यालयमा उडुसको सङ्क्रमण देखिएको थियो।

    मान्छे र जनावरको रगत चुस्ने उक्त परजीवीको सङ्क्रमणपछि पर्यटकहरू बस्ने आवास र एउटा सार्वजनिक ’सोना’ घरमा देखिएको थियो।

    उडुसको डरले कैयौँ दक्षिण कोरियालीहरूले सिनेमा हलमा जान र सार्वजनिक बसहरू चढ्न छाडेका थिए।

    दक्षिण कोरियाको इडेली न्यूजले सउलकी बासिन्दा ३४ वर्षकी चोइले केही समयका लागि कपडाको खोलभएको सीट हुने रेल चढ्न छाडेको बताइन्।

    उक्त विवरण अनुसार उडुस अकस्मात् देखिनसक्ने डरले उनले आफ्नो घरभरी किटनाशक औषधि समेत छर्किएकी छन्।

    इडेली न्यूजले अर्का स्थानीयवासी सिओलाई उद्धृत गर्दै उनी आफ्नी प्रेमिकासँग केही समय घरमै बस्ने उल्लेख गरेको छ।

    हालैको प्रकोपभन्दा अघि दक्षिण कोरियाले सन् १९६० को दशकमा नै उडुसहरूलाई उन्मुलन गरेको ठानिएको थियो।