1. मेङ्ला भञ्ज्याङ डोल्पा जिल्लामा पर्दछ, भने यारी भञ्ज्याङ कुन जिल्लमा पर्दछ ?
A. गोरखा B. हुम्ला C. डोल्पा D. मुगु
2. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहास् ।
गुफा जिल्ला
a. पाण्डव गुफा 1. कास्की
b. सिद्ध गुफा 2. जुम्ला
c. महेन्द्र गुफा 3. तेह्रथुम
d. गौमुखी गुफा 4. तनहुँ
A) a3,b4,c2,d1 B) a2,b3,c4,d1 C) a2,b4,c1,d3 D) a1,b3,c2,d4
3. तल दिइएका मध्ये कुन एशिया महादेशमा पर्दैन ?
a. एपेनाईन हिल्स पर्वतमाला B.पामिर पर्वतमाला C.घाट्स रेञ्जेल D. अल्टाई पर्वतमाला
4. प्रथम विश्व युद्ध हुनुको कारण देहाय मध्य कुन कुन हुन ?
१. शक्तिकरणको होडबाजी बढ्दै जानु
२. पोल्याण्डमाथि जर्मनको आक्रमण
३. अष्ट्रियाले सार्भिया माथि आक्रमण
४. जर्मनीले फ्रान्सलाई एक्ल्याउन गरेका विभिन्न गुप्त सन्धी तथा सम्झौताहरु
A. १ र २ मात्र B. ३ र ४ मात्र C. १,२ र ३ मात्र D.सबै सहि
5. युरोपेली केन्द्रिय बैंकको मुख्यालय कुन देशमा रहेको छ ?
A.जर्मनी B. बेलायत C. डेनमार्क D. फिनल्याण्ड
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
पुस्तक लेखक
a. ईन्द्रमाया 1. भोजराज घिमिरे
b. युननाम आमाहरुको कथा 2.कृष्ण अविरल
c.दामिनि भिर 3. डा. बाबुराम भट्टराई
d.करिया 4. राजा मुकारुङ
A) a1,b2,c3,d4 B) a1,b3,c4,d2 C) a1,b2,c4,d3 D) a2,b1,c3,d4
7. बायो फ्लोक प्रविधि के सँग सम्बन्धित छ ?
A. माछा पालन B. मौरी पालन C. बाख्रा पालन D. गाई पालन
8. मानिसको शरिरमा भएको कुन रक्तसमुहलाई ‘Universe Receiver’ भनिन्छ ?
A) A B) AB C) O- D) O+
9. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपाल संघीयता कार्यान्वयन गर्ने विश्वको २८ औ राष्ट्र हो ।
२. सन् १९९४ मा ईथियोपियाको संविधानले जातीय आधारमा संघीयता लागु गर्ने व्यवस्था गरेको हो ।
३. संविधानमा सर्वप्रथम संघियता शब्दको प्रयोग गर्ने संविधान अमेरिकी संविधान हो ।
A. सबै सहि B.१,२ मात्र सहि C. २,३ मात्र सहि D. सबै गलत
10. नेपालको अन्तरिम शासन विधान, २००७ र नेपालको अन्तरिम संविधान २०६३ मा के समानता थियो ?
A. मौलिक अधिकार सम्बन्धी बेग्लै अध्याय B.राजाको अधिकारको समाङ्गन
C. संविधान सभाको निर्वाच गर्ने वाचा D. राज्यका दायित्व सम्बन्धि
11. नेपालको वर्तमान संविधानअनुसार मौलिक हकहरु सुरुदेखि अन्तिमको क्रम कुन सहि हो ?
1.धार्मिक स्वतन्त्रताको हक 2. सम्पतिको हक 3. रोजगारीको हक 4. श्रम सम्बन्धी हक
A) 2-1-3-4 B) 2-1-4-3 C) 1-2-3-4 D) 3-1-2-4
12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. गृष्मकालीन ओलम्पिक, २०२४ 1. इटाली
b. गृष्मकालीन ओलम्पिक, २०२८ 2.फ्रान्सको पेरिस
c. शीतकालीन ओलम्पिक, २०२६ 3.अमेरिकाको लस एन्जलसमा
A) a1,b2,c3 B) a2,b1,c3 C) a3,b2,c1 D) a2,b3,c1
13. मिसेस वल्र्ड २०२२ का विजेता को हुन ?
A. सरगम कौशल B. जस्मिन सेलवर्ग C. मीना स्यु चोई D.अर्थ सरिशा श्रेष्ठ
14.नेपाली साहित्य क्षेत्रको सबै भन्दा प्रतिष्ठित पुरस्कार मानिने मदन पुरस्कार २०७८ मा कसलाई प्रदान गरिएको थियो ?
A. सत्यमोहन जाशी B.योगेश राज C. नवराज लम्साल D. चन्द्र प्रकाश बानिया
15. दिइएको मध्ये सप्तगण्डकी नदिको सबै भन्दा लामो नदि कुन हो ?
A. त्रिशुली B. मस्र्याङ्दी C. मादी D. सेती
16. अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कुन दिन मनाउने गरिन्छ ?
A. डिसेम्बर ८ B. डिसेम्बर ९ C. डिसेम्बर १० D. डिसेम्बर ११
17. विश्वको सबैभन्दा अग्लो प्रवाहको झरना एन्जेल झरना कुन देशमा रहेको छ ?
A. ब्राजील B. पराग्वे C.भेनुजुएला D. अर्जेन्टिना
18. UNESCO को स्थापना कहिले भएको हो ?
A. सन् १९४५ B.सन् १९४६ C. सन् १९४७ D. सन् १९४८
19 तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. कोप -१५ मा विश्वका १९२ राष्ट्रहरुको सहभागिता रहेको थियो ।
२. कोप-१५ मा नेपालबाट सहभागी हुन जाने माधवकुमार नेपाल हुन ।
A. १ मात्र सहि B.दुवै सहि C. २ मात्र सहि D. सबै गलत
20. गुगल नेपालको कर प्रणालीमा कहिले दर्ता भयो ?
A. वि.सं. २०८० वैशाख ७ B. वि.सं. २०८० वैशाख ८
C. वि.सं.२०८० वैशाख ९ D. वि.सं. २०८० वैशाख १०
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100