मोटोपन बढ्ने कारण र घट्ने ११ तरिका - Chaitanya News
  • 2026-05-05
  • 05:08:22
  • सोमबार,बैशाख २१, २०८३
  • मोटोपन बढ्ने कारण र घट्ने ११ तरिका

    मोटोपन बढ्ने कारण र घट्ने ११ तरिका

    अहिले अधिकाशं मानिसका लागी मोटोपन टाउको दुखाईको विषय बनेको छ।

    अव्यवस्थित खानपान, विलासी जीवन नै मोटोपनको कारण बन्दै गएको छ। यसरी मोटोपन बढ्नु शरीरमा अतिरिक्त बोसो भण्डार भई रक्तनली साँघुरो हुदै जाने हुन्छ।

    यसरी हुने मोटोपनको सबैभन्दा ठूलो बेफाइदा भनेकै यसबाट हुनसक्ने संभावित रोगको भय हो।

    किन बढ्छ मोटोपन?

    मोटोपन बढ्नुको प्रमुख कारण गलत जीवनशैली र खानपान नै हो। तथापी कतिपय अवस्थामा वंशानुगत कारणले पनि मोटोपन बढ्ने गर्दछ।

    केहीमा थाइराइड लगायतका रोगले पनि मोटोपन बढ्दछ भने कतिपयमा औषधीको सेवनले पनि मोटोपन बढ्दछ।

    कसरी घटाउने मोटोपन?

    १. केहि मानिस मोटोपना कम गर्न खाना कम गर्दछन् तर कम खादैमा मोटोपन कम हुदैन। बरु स्वस्थ्य एवं पोषणयुक्त खानाको सेवनबाट मोटोपन घट्न सक्छ।

    २. मोटोपन घटाउने अर्को उपाय भनेको कार्बोहाइड्रेडयुक्त खानाभन्दा फलफूल, सागसब्जी खानु हो। यस्ता खानेकुराले शरीरमा आवश्यक पोषण भर्नुको साथै मोटोपन कम गर्छ।

    ३. सकेसम्म बजारमा पाइने जंकफूड, प्रशोधित खानेकुरा, चिल्लोयुक्त भोजन कम गर्नुपर्छ।

    ४. दिनमा एक वा दुइ पटक भोजन गर्दैमा मोटोपन घट्दैन। बरु दिनभरमा ४–५ पटक गरेर थोरै थोरै भोजन गर्नु उत्तम हुन्छ। एकै पटक धेरै खादाँ मोटोपन बढ्छ।

    ५. मोटोपना बढाउने कारक भनेको तारेको, भुटेको, मसलेदार खानेकुराहरु हुन्। त्यसैले यस्ता खानेकुराको सट्टामा उसिनेको खानेकुरा सेवन गर्नुपर्दछ।

    ६. उसिनेको सागसब्जी, यसको रस, फलफूल वा सलाद लगायतका खानेकुरा खाएमा मोटोपन कम हुदैं जान्छ।

    ७. दैनिक जीवनमा हामीले अनिवार्य शारीरिक परिश्रमयुक्त काम वा ब्यायाम गर्नुपर्दछ।

    ८. बिहान चाडै उठ्ने, बेलुकी चाडै सुत्ने, राति अबेरसम्म नबस्दा पनि मोटोपन कम हुन्छ।

    ९.एकै स्थानमा लामो समय नबस्ने छिनछिनमा शारीरिक क्रिया गर्दा पनि मोटोपन कम हुन्छ।

    १०. मदिरापान तथा मदिरापानका क्रममा गरिने स्न्याक्सको सेवनले पनि मोटोपन बढ्दछ।