प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो ।
गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
जाजरकोट भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा धेरै घाइतेका छन् । हजारौँ घर भत्किएका छन् । जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । आसपासका जिल्लाहरूमा पति भौतिक क्षति पुगेको छ ।