विहान चाडै उठ्नुहोस्, हुनेछ यी फाइदा - Chaitanya News
  • 2026-05-05
  • 05:08:49
  • सोमबार,बैशाख २१, २०८३
  • विहान चाडै उठ्नुहोस्, हुनेछ यी फाइदा

    विहान चाडै उठ्नुहोस्, हुनेछ यी फाइदा

    ‘तपाईं बिहान कति बजे उठ्नुहुन्छ, सोच्नुहोस् त। छ बजे, सात बजे, आठ बजे? ‘अँ, त्यस्तै सात–आठ बजे उठिन्छ’ संभवत तपाईको जवाफ यस्तै हुनसक्छ। कसैले भन्न सक्छन्, ‘राती धेरै समय काम गर्नुपर्छ, विहान त मस्त सुत्ने हो नि।

    अहिले धेरैको निद्रा सोसल मिडिया, टेलिभिजन लगायतले विथोलेको छ। राती ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युबमा भिडियो हेर्न थाल्छन्। रातभर यस्तै काममा तल्लिन भएपछि विहान चाडै उठ्न संभव भएन। त्यही कारण कोही सात बजे उठ्छन्, कोही आठ बजे।

    परिवर्तित जीवनशैलीले मानिसहरुको सुत्ने र उठ्ने समयलाई पनि प्रभावित गरेको छ। कहिले सुत्ने र कहिले उठ्ने समय निर्धारित नुहँदा यसले व्यक्तिको दिनचर्या त खराब गर्छ नै विभिन्न रोगले पनि गाँज्ने गर्छ।

    मानसिक रोग, मोटोपना, आलस्यता र हृदय सम्बन्धि समस्या र दिनभरीको थकानले शरिरलाई हानी पुर्याइरहेको हुन्छ। यसबाट बच्नका लागि तपाईं समयमै सुत्नुपर्छ र समयमै उठ्नु पनि पर्छ।

    एक वैज्ञानिक अनुसन्धानका अनुसार जो व्यक्ति बिहान चाँडै उठ्छ, उनीहरुलाई मानसिक रोगको सम्भावना निकै कम हुन्छ।

    बिहान चाडै उठ्नुहोस् यस्ता छन् लाभ:

    अध्ययनबाट जो मानिस ढिलोसम्म सुत्छन् वा राती धेरै बेरसम्म सुत्दैनन् उनीहरुमा डिप्रेशनको समस्या दुईगुणा बढी हुने तथ्य पनि अगाडि आएको छ।

    राती अबेरसम्म नसुत्ने मानिसमा धुमपान गर्ने वा अनियमित निन्द्राको परम्परा विकसित हुन थाल्छ। निन्द्राको कमी, एक्सरसाइजको अभाव, सँधै घरभित्र रहने र धेरै समय अध्याँरोमा बिताउनाले डिपे्रशन सहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ।

    यो अध्ययनको प्रकाशन ‘साइकेट्रिक रिसर्च’ नामक पत्रिकामा गरिएको छ। यो शोधको लागि वेटरको टिमले ‘क्रोनोटाइप’ अर्थात रातमा जाग्नेहरुको डिपे्रशनको जोखिम बीच सम्बन्ध पत्ता लगाउन ३२ हजार महिला नर्सहरुको तथ्यांकको विश्लेषण गरेको थियो।

    यसमा २४ घन्टाको समयमा व्यक्तिको निन्द्राको प्रवृत्ति, सुत्ने जाग्ने रुची र मनोविकार समावेश छन्।

    वेटरले भनेका छन्, ‘हाम्रो परिणाम क्रोनोटाइप र डिपे्रशनको जोखिम बीच सामान्य सम्बन्ध देखाउँछ। यो क्रोनोटाइप र मनोदशासँग जोडिएको अनुवांशिक मार्गको ओभरल्यापसँग सम्बन्धित हुन सक्छ।’

    यी हुन् विहान सबैरै उठ्नुका अन्य लाभ:

    ब्रहृम मुहुर्त अर्थात सुर्य उदाउन भन्दा पहिले उठ्नाको धेरै लाभ छन्। जसबाट ढिलो सम्म सुत्ने मानिस बञ्चित भइरहेका छन्।

    यदि तपाई विहान चाँडै नै उठ्नुहुन्छ र घरबाट निस्केर थोरै समय हिँडडुल गर्नुहुन्छ वा एक्सरसाइज गर्नुहुन्छ भने यसबाट कैयौं लाभपाउन सक्नुहुन्छ।

    यी हुन् बिहान सबेरै उठ्नुका फाइदाः

    १. बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ। शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि जरुरी छ।

    २. जो मानिस विहान छिटै उठेर एक्सरसाइज गर्छन् उनीहरुमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ। शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ। ब्लडप्रेसरको समस्या निम्तिदैन।

    ३. बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन। योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन्।

    ४. बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ। बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ।