1. विश्वको दोस्रो ठुलो ताल कुन हो र कुन देशमा अवस्थित रहेको छ ?
A) क्यास्यिन सागर (इरान र रसिया) B) सुपेरियर (अमेरिका र क्यानडा)
C) भिक्टोरिया ताल (युगाण्डा र तान्जिनिया) D) मिचिगन (अमेरिका)
2. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. रामसार सूचिमा नेपालका १० वटा सिमसार क्षेत्र सूचिकृत भएका छन ।
२. सबैभन्दा पहिले सूचिकृत नेपालको सिमसार क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्ष हो ।
A) १ मात्र सहि B) दुवै सहि C) २ मात्र सहि D) दुवै गलत
3. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा हिन्दु धर्म मान्ने जनसंख्या कति रहेको छ ?
A) ९१.३ प्रतिशत B) ८१.३ प्रतिशत C) ८१.१९ प्रतिशत D) ९१.१९ प्रतिशत
4. तल दिइएका जोडाहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
भञ्ज्याङ जिल्ला
1. नाम्जा भञ्ज्याङ – मुगु
2. उराई भञ्ज्याङ – बझाङ
3. नाङ्फा भञ्ज्याङ – सोलोखुम्बु
A) १,२ मात्र सहि B) २,३ मात्र सहि C) १,३ मात्र सहि D) सबै सहि
5. प्रथम विश्वयुद्धमा संलग्न भईकन पनि कुनै क्षति नव्यहोर्ने राष्ट्र कुन हो ?
A) अमेरिका B) जापान C) बेलायत D) जर्मनी
6. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A) धृतराष्ट्र – रामलाल जोशी B) महारानी – चन्द्रप्रकाश बानिया
C) रणहार – योगेश राज D) दामिनी भिर – राजन मुकारुङ
7. संयुक्त राष्ट्रसंघको स्थापना कहिले भएको हो ?
A) सन् १९४५ अक्टोबर २४ B) सन् १९२० जनवरी १०
C) सन् १९४५ जुन २६ D) सन् १९२० जनवरी २०
8. वैज्ञानिक अल्वर्ट आईन्सटाईनले गरेको सिद्धान्त तलका मध्ये कुन हो ?
A) सापेक्षिक घनत्व B) तापयनिक विसर्जन C) जिवाणु D) सापेक्षता
9. सार्क सम्मेलनका बारेमा तल दिइएका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. पहिलो शिखर सम्मेलन बंगलादेशमा भएको हो ।
२. तेस्रो र एघारौ शिखर सम्मेलन काठमाडौँमा भएको थियो ।
A) १ मात्र सहि B) २ मात्र सहि C) दुवै सहि D) दुवै गलत
10. NATO को प्रधान कार्यालय कहाँ रहेको छ ?
A) ब्रसेल्स, बेल्जीयम B) रोम, इटली
C) लियोन, फ्रान्स D) जेनेभा, स्वीजरल्याण्ड
11. विश्व पृथ्वी दिवस २०२३ को नारा तलका मध्य कुन रहेको थियो ?
A) Invest in Our Planet B) Invest in our Planet
C) Restore Our Earth D) Our Earth
12. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ICUN को स्थापना सन् 1948अक्टुबर 5 मा भएको हो ।
२. नेपाललेICUN को सदस्यता सन्1973 मा प्राप्त गरेको हो ।
A) १ ठीक २ बेठिक B) १ ठिक १ बेठिक C) दुबै बेठिक C) दुवै ठिक
13. आर्थिक सर्वेक्षण २०८०/८१ को बजेटमार्फत सरकारले प्रशासनिक खर्च घटाउने भन्दै संघीय सरकार मातहातका कति निकाय खारेज गर्न जनाएको छ ?
A) २५ B) २० C) २१ D) १५
14. विश्वमा पहिलो पटक रोबर्टलाई नागरिकता प्रदान गर्ने देश कुन हो ?
A) रसिया B) चिन C) अमेरिका D) साउदी अरवीया
15. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाईन्छ ?
A) जनवरी २६ B) फेब्रुअरी २६ C) जनवरी २७ D) फेबु्रअरी २७
16. पाल्पालाई ढाकाको राजधानी घोषणा कहिले गरिएको हो ?
A) वि.स २०७८ फागुन १२ B) वि.स २०७८ चैत्र १२
C) वि.स २०७९ फागुन १२ D) वि.स २०७९ चैत्र १२
17. तलका भनाईहरु बारे विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सबैभन्दा दक्षिणी भागको मिहिन पाँगो माटोले बनेको उत्तर भू-भागलाई खास तराई भनिन्छ ।
२. भित्री मधेशलाई दुन क्षेत्र पनि भनिन्छ ।
A) १ मात्र ठिक B) २ मात्र ठिक C) दुवै ठिक D) दुवै बेठिक
18. तलका मध्ये कुन नाम मनास्लु हिमालको होईन ?
A) जापानीहरुको विशेष आकर्षण पर्वत B) कुपन
C) स्याभेज माउण्टेन D) किलर माउण्टेन
19. तल दिइएका जोडाहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
विषय वस्तु कसले पत्ता लगाएका
१. प्रशान्त महासागर -भास्को डी बाल्बो
२. उत्तरी धु्रव – एमन्डसेन
३. ग्रहहरुको गतिको नियम – कोपर्निकस
A) सबै सहि B) १ र २ मात्र सहि C) २ र ३ मात्र सहि D) सबै गलत
20. चालु १५ औ योजनाको अन्त्य सम्ममा गरिवीको रेखामुनी रहेका जनसंख्या कति पुर्याउने लक्ष्य राखेको छ ?
A) १८.७ प्रतिशत B) ९.५ प्रतिशत C) ११.५ प्रतिशत D) २८.५ प्रतिशत
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100