काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।
मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १४औँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो ।
यूएईका आलिसान सराफुलाई कुशल मल्लले सोमपाल कामीबाट क्याच गराए । सराफु १६ रनमा पभेलियन फर्किए ।