काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबीच झगडा भएको छ ।
आज (शुक्रबार) बिहान तारा एयरका दुई पाइलटबीच एप्रोनमै विवाद भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
झगडाको कारण भने खुलेको छैन । प्राधिकरणले झगडा गर्ने दुई पाइलटलाई उडानमा ग्राउन्डेड गरिएको क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
दुई पाइलटलाई ग्राउन्डेड गरिएको र घटनाको कारणबारे अनसन्धान गरिएको भुलले बताए ।
“दुई क्याप्टेनबीच सामान्य विवाद भएको रहेछ । क्यानले ती पाइलटलाई ग्राउन्डेड गरिसकेको छ । यसरी झगडा गर्नु राम्रो होइन । ‘के कारण झगडा भएको हो?’ भन्ने विषयमा क्यानले पाइलट र कम्पनीसँग स्पष्टीकरण सोध्छ ।”