काठमाडौं- बलिउड अभिनेत्री आलिया भट्ट तथा अभिनेता रणबीर कपुरलाई पुत्री लाभ भएको छ।
आलियाले आइतबार छोरी जन्माएकी हुन्। छोरी जन्मिएपछि आलियाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा सिंहको तस्बिरसहितको पोस्ट सेयर गरेकी छन्।
उनले लेखेकी छिन्, ‘यो हाम्रो जीवनकै सबैभन्दा उत्कृष्ट समाचार हो। हाम्रो बच्चाको आगमन भएको छ। उनी जादुले भरिएकी छन्। हामी आधिकारिक रूपमा मायाले ओतप्रोत भएका छौं। भाग्यमानी आमा–बुवा।’ उनको यो पोस्टमा धेरैले बधाई दिएका छन्।