स्वास्थ्यको लागि घातक छन् यी फुड - Chaitanya News
  • 2026-05-05
  • 03:48:04
  • सोमबार,बैशाख २१, २०८३
  • स्वास्थ्यको लागि घातक छन् यी फुड

    स्वास्थ्यको लागि घातक छन् यी फुड

    काठमाडौँ– हामी दिनहुँ अनेकौँ खानेकुरा खान्छौँ। सँगसँगै खाँदा केही खानेकुरा हाम्रो शरीरका लागि लाभदायक पनि हुन्छन्। जस्तै भिटामिड डी र क्याल्सियम, आइरन र भिटामिन सी आदि।

    तर केही फुड कम्बिनेशन भने यस्तो घातक हुन्छन् कि हाम्रो स्वास्थ्यमा नराम्रो असर पनि पार्न सक्छ, क्षति पुर्याउन सक्छ। यस्ता खानेकुरा खाँदा कहिलेकाहीँ पाचनमा समस्या, पेट फुल्ने, अपच जस्ता समस्या देखिन सक्छन्।

    अमिलो खानेकुराको साथमा दूध

    सुन्तला, निबुआ जस्तो फलमा एसिड हुन्छ। यी खानेकुराहरुलाई दूधसँगै खाँदा पाचनसम्बन्धी समस्याहरु उत्पन्न हुन सक्छ। यी दुबैलाई एकै पटक सकेसम्म नखानु होला।

    खाना खाने बित्तिकै फलफूल खाने

    खाना खाने बित्तिकै फलफूल फिटिक्कै नखानुहोला। खानाबाट हाम्रो शरीरले पहिला नै धेरै क्यालोरी पाइसकेको हुन्छ। यो नपच्दै खाना खाने बित्तिकै फलफूल खाँदा शरीरमा क्यालोरीको मात्रा बढ्छ।

    यति धेरै क्यालोरीलाई कसरी ‘बर्न’ गर्ने?

    माछा र दूध

    माछा गर्मी गराउने खानेकुरा हो, दूध शीतल। दुवै एकैचोटी खाँदा शरीरमा तमसस गुण बढ्छ। शरीरमा केमिकल परिवर्तन हुन्छ। दूध र माछा एकै पटक खाँदा छालामा ‘पिग्मेन्टेशन’को समस्या बढ्नुको कारण पनि यही हो।

    फ्याटयुक्त मासु र पनिर

    बोसोयुक्त मासुको साथमा पनिर खाँदा स्याचुरेटेड फ्याट र सोडियमको स्तर निकै बढ्छ। यसले हृदय रोगको खतरा बढाउन सक्छ अनि तपाईँको समग्र स्वास्थ्यमा पनि असर पुर्याउन सक्छ। खानालाई सन्तुलित बनाउन लिन मिट खानुहोस्। अनि पनिर पनि थोरै फ्याट भएको रोज्नुहोस्।

    चिजयुक्त खानेकुरासँगै चिसो पेय

    पिज्जाको साथमा कोकलगायत चिसो पेय नखाने को पो होला रु यी दुवै साथसाथ खाँदा मिठो त लाग्छ नै। तर यो कम्बिनेशन तपाईँको स्वास्थ्यको लागि हानिकारक छ। चिज खाँदा मात्रै होइन पीनर खाँदाखेरि पनि चिसो पेय खानु हुँदैन। यसो गर्दा पेट दुख्ने समस्या आउन सक्छ।