लगातार विकेट गएपछि नेपाल दबाबमा - Chaitanya News
  • 2026-06-07
  • 08:46:32
  • आइतबार,जेठ २४, २०८३
  • लगातार विकेट गएपछि नेपाल दबाबमा

    लगातार विकेट गएपछि नेपाल दबाबमा

    काठमाडौं– ओमानले नेपालको लगातार विकेट लिइरहेको छ। छैटौं विकेटका रुपमा गुल्शन झा आउट भएका छन्। झा ३ रन जोडेर आउट भए।

    पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए। ८.१ ओभरमा अकिब इलियासले कप्तान पौडेललाई बोल्ड गरे। पौडेलले १२ बलमा १२ रन मात्रै जोडे।

    ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पनि राम्रो स्कोर बनाउन सकेनन्। भुर्तेलले २६ रन र आसिफले ५ रन मात्रै जोडे। वान डाउनमा आएका सोमपाल कामी १२ रन जोडेर आउट भए।

    १३ ओभरको खेल सकिदा ६ विकेट गुमाएर नेपालले ७९ रन बनाएको छ। ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल एकपछि अर्को विकेट गुम्दा दबाबमा परेको छ।