आईसीसी टी–२०: नेपालले तेस्रो विकेट गुमायो, भुर्तेल आउट - Chaitanya News
  • 2026-06-07
  • 08:47:24
  • आइतबार,जेठ २४, २०८३
  • आईसीसी टी–२०: नेपालले तेस्रो विकेट गुमायो, भुर्तेल आउट

    आईसीसी टी–२०: नेपालले तेस्रो विकेट गुमायो, भुर्तेल आउट

    काठमाडौँ– आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। कुशल भुर्तेल १८ बलमा २६ रन बनाएर आउट भएका हुन्। यसअघि सोमपाल कामी १२ रन तथा आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका थिए।

    नेपालले ३ विकेटको क्षतिमा ४३ रन बनाएको छ। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो।

    आजको खेलले समूह एको विजेता चयन गर्नेछ। समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।