टी–२० विश्वकप: ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य - Chaitanya News
  • 2026-10-07
  • 08:07:20
  • बुधबार,आश्विन २१, २०८३
  • टी–२० विश्वकप: ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

    टी–२० विश्वकप: ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

    काठमाडौं– टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

    त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो।

    नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट हात पारे। गुल्शन झा र अविनाश बोहोराको नाममा एक–एक विकेट रह्यो।

    ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे। अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।