लक्ष्मीजयन्तीको अवसरमा त्रिवेणी साहित्य मञ्च हेरिसर्बगले यही नोभेम्बर ४, २०२३ मा नेपाली मन्दिर, युलेश टेक्ससमा कार्यक्रम गर्ने भएको छ । त्रिवेणी साहित्य मञ्चले विगत लामो समयबाट अमेरिकामा साहित्यिक कार्यक्रम गदै आएको छ ।
यसै कार्यक्रममा स्रष्टा बैकुण्ठराज आचार्यको The Lost Pebbles (A collection of poems) पुस्तक विमोचन, नेपालका चर्चित स्रष्टा महेश पौड्यालसँग भेटघाट तथा अभिनन्दन हुने कुरा बताइएको छ । साथै ग्लोबल नेपाली पाठशालाका सिर्जनात्मक लेखन प्रतियोगितामा सहभागी हुने विद्धार्थीहरूलाई पुरष्कृत गर्ने कार्यक्रम पनि रहेको छ ।