आचार्यलाई हराउँदै डब्लुएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशी प्रधानमन्त्रीकी छोरी विजयी - Chaitanya News
  • 2026-05-05
  • 03:47:30
  • सोमबार,बैशाख २१, २०८३
  • आचार्यलाई हराउँदै डब्लुएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशी प्रधानमन्त्रीकी छोरी विजयी

    आचार्यलाई हराउँदै डब्लुएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशी प्रधानमन्त्रीकी छोरी विजयी

     

     

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद नेपालका शम्भुप्रसाद आचार्यलाई पछि पार्दै दक्षिण पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा मनोनीत भएकी छन् । वाजेदले ८ मत पाउँदा नेपालले मात्र दुई मत प्राप्त गर्न सफल भयो ।

    बंगलादेशको अटिजम र न्युरोडेभलप्मेन्ट डिसअर्डरको राष्ट्रिय सल्लाहकार रहेकी वाजेदले सन् २०२४ को फेब्रअुरी १ बाट पदभार सम्हाल्ने छिन् । उनको कार्यकाल ५ वर्षको हुनेछ भने उनी एकपटक पुनः नियुक्तिका लागि पनि योग्य हुनेछिन् ।

    विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस अधानोम घेब्रेसिसले सदस्य राष्ट्रहरूलाई गत अगस्त १८ मा उम्मेदवारहरूको नाम पठाएका थिए । बंगलादेश र नेपालबाहेक भारत, भुटान, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोरले मतदानमा भाग लिएका थिए ।

    बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो छोरीलाई उम्मेदवार बनाएपछि यसपटक मतदानले राजनीतिक रूप लिएको थियो । मोदी र हसिनाको सम्बन्धले नेपालले भारतको मत नपाउने यसअघि नै करिब पक्कापक्की थियो । सो संगठनको हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा .पुनम क्षेत्रपाल सिंह छन् ।