गाजामा केही समय युद्ध रोकिने - Chaitanya News
  • 2026-11-21
  • 19:37:17
  • शनिबार,मंसिर ०६, २०८३
  • काठमाडौं । अमेरिका, इजरायल र इजिप्ट दक्षिणी गाजामा केही घन्टाका लागि युद्ध विराम गर्न तयार भएका छन् ।

    समाचार संस्था रोयटर्सका अनुसार युद्ध विरामको समयमा इजिप्टसँगको नाका खुल्ला गरिने छ ।

    तर हमसाले भने युद्ध विरामका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताएको रोयटर्सले नै जनाएको छ ।

    सीमा नाका खुल्ला गर्नका लागि अन्तर्राष्ट्रिय सहायता एजेन्सीले इजिप्टमाथि दबाव दिँदै आएका थिए ।

    अमेरिकाले शनिबार मात्रै गाजामा रहेका आफ्ना नगरिकलाई सीमा नाका खुल्न लागेको भन्दै तयार रहन र सीमा नजिक जान निर्देशन दिएको थियो ।

    नाका खुल्ला भएमा गाजामा रहेका अन्य देशको नागरिकता भएका व्यक्तिहरु निस्कन पाउने छन् ।

    यस्तै गाजामा राहत सामग्री र राहतकर्मी प्रवेश गर्न पाउने छन् ।