आजबाट नयाँ नोट साट्न पाइने - Chaitanya News
  • 2026-11-21
  • 19:28:51
  • शनिबार,मंसिर ०६, २०८३
  • काठमाडौं । यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट आजदेखि साट्न पाउने भएका छन् । वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्न पाइनेछ ।

    नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यका अनुसार वाणिज्य बैंकहरूलाई मागानुसार राष्ट्र बैंकले नयाँ नोट दिइसकेको छ ।

    एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको शाक्यको भनाइ छ ।

    पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले उपलब्ध गराइने शाक्यले बताए ।