कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त - Chaitanya News
  • 2026-11-21
  • 19:22:48
  • शनिबार,मंसिर ०६, २०८३
  • कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

    कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

     

    विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि मुख्यमन्त्रीमा कार्कीको बाटो खुलेको थियो ।

    बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ ।

    एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।